१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र

२५ माघ २०८१, शुक्रबार १३:५६

काठमाडौं | पछिल्लो समय गायिका एलिना चौहान आफ्नो सम्बन्ध विच्छेदको प्रसंग ले चर्चामा छिन्। केही दिनअघि उनले पति विष्णु सापकोटा सँग सम्बन्ध विच्छेदको माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।

यसैबीच, एलिना स्टेजमा गाउँदा गाउँदै भक्कानिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

स्टेजमा चढ्नेबित्तिकै एलिनाले आफ्नो चर्चित गीत ‘धोकेबाज हौ तिमी’ गाउन सुरु गर्छिन्। तर गाउँदै जाँदा उनको गला अवरुद्ध हुन्छ र उनी भावुक भएर रोकिन्छिन्। त्यसपछि उनले पानी पिएर पुनः गीत गाउने प्रयास गर्छिन्।

भिडियो भाइरल भएपछि धेरै कलाकारहरूले उनलाई समर्थन र हौसला दिइरहेका छन्। यसै क्रममा अभिनेत्री ऋचा शर्माले एलिनाको भिडिओ सेयर गर्दै खुला पत्र लेखेकी छन्।

यस्तो छ एलिनालाई ऋचाको खुलापत्र-

प्रिय एलिना, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौँ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गयो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर, म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौँ। साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौँ। कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौँ। विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन। जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन। तिम्रो आँटलाई म सलाम गर्छु। धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन्। तर, तिमीले आफूलाई चुन्यौँ, आफ्ना सपनालाई चुन्यौँ। संगीत तिम्रो आत्मा हो र तिमीले त्यसैलाई अँगाल्यौँ। तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्। तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुञ्जिरहोस्। यदि कहिल्यै थाक्यौ भने, सम्झनू तिमी एक यस्ती साहसी मान्छे हौ जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन्। तिम्रो साथमा ऋचा शर्मा।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार