२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई बस्ने एक नेपालीले ठगेको एलिनाको आरोप, फोटोसहित गरिन् खुलासा

२०८१, २५ माघ शुक्रबार १८:०८

काठमाडौँ | गायिका एलिना चौहान हाल व्यक्तिगत जीवनका उतार-चढावका कारण चर्चामा छन्। अष्ट्रेलियाबाट फर्किएपछि उनी मेला-महोत्सवमा व्यस्त भइरहेकी छिन्। यस्तै क्रममा उनले दुबईमा रहेका एक नेपालीद्वारा ठगिएको दाबी गर्दै आरोपितको फोटोसमेत सार्वजनिक गरेकी छन्।

चौहानले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै दुबईमा रहेका दीपक बराइली नामक व्यक्तिले कार्यक्रमको नाममा आफूलाई ठगेको आरोप लगाएकी हुन्। भिडियोमा उनले दीपकको फोटोसमेत राखेर ठगीबारे जानकारी दिएकी छन्।

एलिनाका अनुसार बराइलीले दुबईमा आयोजना हुने कार्यक्रममा सहभागी गराउने भन्दै आफूलाई सम्पर्क गरेका थिए। उनले आयोजकलाई आफू एलिनाको म्यानेजर भएको बताउँदै गायिकाको पारिश्रमिकका लागि पैसा मागेका थिए। तर, ती पैसा आयोजकबाट लिएर उनले आफैं हिनामिना गरेको एलिनाले भिडियोमा भनेकी छन्।

उनले कानुनी कारबाही गर्ने योजना नराखेको बताउँदै बराइलीको फोटो सार्वजनिक गरेर उनलाई पैसा फिर्ता गर्न आग्रह गरेकी छन्। साथै, उनले दीपक बराइलीले अरू धेरैलाई पनि यसरी ठगीसकेको जिकिर गरेकी छन्।

यस्तो छ एलिनाको कुरा –

एकजना दीपक बराइली भन्ने मान्छे हुनुहुन्छ । उहाँ दुबईमा बसेर ठग्ने काम गर्नु हुँदोरहेछ । उहाँले मलाई कार्यक्रमको आयोजक हुँ भनेर सम्पर्क गर्नुभयो । फेरि, उता मेन आयोजकलाई सम्पर्क गरेर म एलिनाको म्यानेजर हुँ भन्नुभयो ।

त्यति भनेर उहाँले उता एलिनाको पेमेन्टको पैसा भनेर माग्नु भएछ । मेरो पेमेन्ट भनेर मागेको त्यो पैसा उहाँले आफैँ लग्नुभयो । त्यसरी उहाँले हामीलाई एकदम मज्जाले ठग्नुभयो । मैले उहाँलाई कति अनुरोध गरेँ । कहिलेकाँही मान्छेलाई आपतविपत पर्छ भन्ने सोचेर समय पनि दिएँ । तर, उहाँले एकपटक पनि म दोषी हुँ भन्ने महसुस गर्नु भएन ।

पैसा दिने कुरा त परै जाओस्, उल्टै ठूला-ठूला कुरा गर्नुभयो । अब त्यति पैसाको लागी म केस गर्न सक्दिनँ । त्यसैले मैले यहाँ फोटो राखेको छु । उहाँको आफन्त वा चिनेको कसैले मेरो भिडिओ हेर्दै हुनुहुन्छ भने, यो भिडिओ उहाँसम्म पुर्‍याइदिनु होला ।

अहिलेसम्म उक्त व्यक्तिले पैसा फिर्ता नगरेको एलिनाको भनाइ छ । उनले दीपकले धेरैलाई ठगिसकेको जिकिर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन