२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसिकोट नगरपालिकालाई असोज १ गते उज्यालो नगर घोषणा गरिने

२०७४, ८ श्रावण आईतवार ०२:२८

साउन ८, गुल्मी (वामी) | गुल्मीको मुसिकोट नगरपालिकालाई यहि असोज १ गते उज्यालो नगरपालिका घोषणा गरिने भएको छ। सनिवार वसेको नगरकार्यपालिकाको वैठकले पदभारको १०० दिनको अवसरमा सो घोषणा गर्ने निर्णय गरेको हो।

उज्यालो नगरपालिकाको सवै तयारी पुरा गर्न वडा नं. ९ का वडा अध्यक्ष नरेशराज खरेलको संयोजकत्वमा उज्यालो नगर उपसमितिको पनि गठन गरिएको छ। जसको सदस्यहरुमा वडा नं. ६ का अध्यक्ष खड्क वहादुर खड्का र वडा नं. २ का अध्यक्ष लक्ष्मण खत्रि रहनु भएको छ।  त्यस्तै नगरकार्यपालिकाको वैठकले यहि श्रावण २५ गते नगर परिषद्को उद्घाटन गर्ने तथा २६ गते नगरपरिषद् सम्पन्न गर्ने निर्णय गरेको छ। जसको लागी यहि श्रावण १५ गते सम्म प्रत्येक गाउँ टोल वाट योजना छनौट गर्ने, १६ र १७ मा वडा स्तरमा योजना छनौट गर्ने, १८ गते नगर वैठक वस्ने, १९, २० र २१ गते विषयगत छलफल गर्ने, २२ र २३ गते नगरकार्यपालिकाको एकिकृत वैठक वसि योजनाहरु स्वीकृत गर्ने र नगरपरिषद्मा पेश गर्ने गरि कार्ययोजना निर्माण गरिएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ।

त्यस्तै बैठकले प्रत्येक वडा कार्यालयहरुलाई व्यवस्थित गराउने निर्णय गरेको छ। जसको लागि वडा कार्यालयको स्वामित्वमा जग्गा रहेको तर भवन नभएको र उपयुक्त कार्यालय भवन पाउन नसकेका वडाहरुको लागी तत्काल ३ लाख वजेटको व्यावस्था गर्ने तथा अन्य वडाको लागी १ लाख ५० हजार को व्यावस्था गर्ने निर्णय गरेको छ। खासगरि वडा नं. २ को मुसिकोट र वडा नं. ९ को अर्लाङ्कोटमा वडा कार्यालयको अभाव रहेकोले ट्रस्टको व्यावस्था गरेर भएपनि कार्यालय संचालन गर्न सो रकमको व्यावस्था गर्ने निर्णय गरेको हो।

 त्यस्तै वैठकले स्थानिय तह संचालन ऐन तथा नियमावली अनुसार नगरउपप्रमुख कमला शर्माको संयोजकत्वमा ३ सदस्यिय न्यायीक समितिको गठन गरेको छ। जसको सदस्यमा वडा नं. ४ का अध्यक्ष कर्णध्वज जिसि र वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले रहनुभएको छ। त्यस्तै उपप्रमुख कमला शर्माकै संयोजकत्वमा राजश्व परामर्श समितिको गठन गरिएको छ। जसको सदस्यहरुमा प्रकाश काफ्ले, रेणुभारी प्रधान तथा सदस्य सचिवमा नगरपालिका कार्यालयका लेखापाल तथा पदेन सदस्यमा कार्यकारी प्रमुख रहनुभएको छ।

त्यस्तै नगरप्रमुख सोमनाथ सापकोटाको संयोजकत्वमा स्रोत व्यावस्थापन तथा योजना तर्जुमा समिति गठन गरिएको छ। जसको सदस्यहरुमा उपप्रमुख कमला शर्मा, कार्यपालिका सदस्यहरु हरि छन्त्याल, सत्या जिसि, जुद्ध वहादुर विक रहनुभएको छ भने सदस्य सचिवमा कार्यकारी अधिकृत धनश्याम न्यौपाने रहनु भएको छ।

बैठक नगरप्रमुख सोमनाथ सापकोटाको अध्यक्षता तथा कार्यकारी अधिकृत धनश्याम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।  - कमल पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु