2026-11-01 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एकको मृत्यु, पाँच जना घाइते

बाँके | बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका एक युवकको बिहे भोजमा माघ २५ गते मध्यराति मदिराले मातेका आफन्तबीच झगडा भएको थियो । झगडामा परी स्थानीय १८ वर्षीय दिनेश रोकायाको मृत्यु भएको हो ।

दिनेशमाथि बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका थिए । त्यसपछि दुई समूहबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका थिए । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको थियो । आइतबार उपचारका क्रममा लखनउमै दिनेशको मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताए । उनीमाथि धारिलो हतियार प्रहार गरेको आरोपित रामबहादुर राना पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द