2026-09-01 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जेसिबीले पल्टाएको ढुंगाले लाग्दा विद्यालय जाँदै गरेकी ८ वर्षीय बालिकाको मृत्यु

गुल्मी | गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीटारमा जेसीबीले खसालेको ढुंगाले लागेर आठ वर्षीय बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार मृतक बालिका ८ वर्षीय विष्णु कुमाल हुन्।

आइतबार बिहान विद्यालय जाँदै गर्दा श्रेष्ठ कन्ट्रक्सन प्रालिको लु १ क ४३८६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा खसालेको ढुंगाले लागेर बालिका गम्भीर घाइते भएकी थिइन्। समयमै उद्धार हुन नसक्दा उनी अस्पताल पुगी मृत घोषित भएको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दाले निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन्। तीन वर्षदेखि चलिरहेको सडक निर्माण सुस्त गतिमा भइरहेको र सुरक्षा मापदण्ड पालना नगरिएको स्थानीयको गुनासो छ। श्रेष्ठ कन्ट्रक्सनले कुनै पूर्वसूचना नदिई अनियमित रूपमा ढुंगा फाल्ने गरेकाले नै यस्तो दुर्घटना भएको बताइएको छ।

घटनापछि प्रहरीले जेसीबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका–४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिएको छ। बालिकाले घर नजिकैको पालुखा माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी छन्।

हाल बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला