2026-10-28 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अति विपन्न बिश्वकर्मा यसरि बने डाक्टर


प्रेम सुनार/साउन ९, गुल्मी । आर्थिक अभावका कारण पढ्न सकिन भन्नेहरुलाई गतिलो जवाफ दिदै गुल्मीका एक अति विपन्न दलित परिवारका युवा यति वेला डाक्टर बनेका छन् । 

मालिका गाउँपालिका वडा नम्वर १ साविकको नेटा गाविसका काँशीराम बिक लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासबाट यसै हप्ता एमबिबिएस डाक्टर बनेका हुन् ।

साविकको नेटा गाविसमा सामन्य खरको झुपडीमा जन्मएका बिकको दुई महिना पनि खान नपुग्ने जमिन रहेको र उनि जस्ता विपन्न डाक्टर बन्नु भनेको हामी सवैका लागि गौरव र प्रेरणाको विषय बनेको स्थानिय शिक्षक प्रेम बिकले बताए ।

त्रिभुवन विश्व विद्यालयबाट संवोधन प्राप्त लुम्विनी मेडिलक कलेज प्रभास पाल्पमा ४ वर्ष सम्मको अध्यान सकेर यस हप्ता देखि एमबिबिएस डाक्टरको जिम्मेवारी सम्हालेका २६ वर्षिय बिकले  आफुले एसएलसी पास गर्ने बेला सम्म डाक्टर बनुँला भन्ने कल्पना समेत नगरेको प्रतिकृया दिए ।

२०६५ सालमा सरस्वती मावि साविकको नेटा–३ बाट ७५.५ अंक लिई एसएलसी गरेका बिकको स्कुले विद्यार्थी जिवन काहली लाग्दो  भएको उनि आफै स्वीकार गर्छन् ।

डाक्टर बिकको विगत र वर्तमान उनि आफैबाट

‘पिता टोकबहादुर बिक, काम गर्न नसक्ने विरामी हुनुहुन्थ्यो , आमा मनरुपाको निमेक मजुरीबाट पढेको हुँ । दुई वटी आमाहरु हुनुहुन्थ्यो । फाटैकै जाँगे लगाएर पढेको हो , अहिले नसोचेकै सफलता प्राप्त भयो , यसको श्रेय म मेरो प्रत्येक सहयोगीलाई दिन चाहन्छु ।

ति मध्येका एक जना जो मेरा छिमेकी र गुरु पनि हुनुहुन्छ दिनानाथ पौड्याल जसले मेरो जिवनमा नसोचेकै सपना पुरा गराई दिनु भयो , उहाँलाई मैले जति सम्मान गरे पनि कम हुन्छ ।  एसएलसी पास गरेपछि म उहाँकै वुलावटमा  पहिलो पटक काठमाण्डौं पुगेको थिएँ ।

सोच्न त विज्ञान विषय लिएरै पढ्छु भन्ने सोचेको थिएँ तर उहाँको सहयोग विना म काठमाण्डौ ६ महिना पनि बस्न सक्ने अवस्था थिएन् । अन्ततः म उहाँकै कोठामा ६, ७ महिना बसेर पढें । पछि उच्च माध्यामिक शिक्षा परिषदबाट उहाँकै पहल र मेरो मेहनतमा स्कलरशिप पाएँ ।

त्यस पछि होस्टलमै बसेर बढ्दै यहाँ सम्म आएको हुँ, ।  म एकदम लक्की हुँ, जसले त्यो अवस्थाबाट यो अवस्थामा आउने अवसर पाएँ, यसर्थ पनि म हिजो जस्तै विकट र विपन्न समुदायको सेवा गर्ने चाहना राखेको छु ।’

उनको विपन्न परिवारमा कहिले पहिरोले घर पु¥यो । कहिले आगो लागी भएर ज्यु धनको क्षति समेत भयो । तर पनि उनले कत्ति हरेस खाएनन् । फलस्वरुप उनि डिग्री होल्डर गुल्मीका दलित समुदाय मध्ये प्रकाशमा आएका  सम्भवतः उनै पहिलो डाक्टर हुन् ।

उनि थन्छन्–‘ खै यसअघि हाम्रो समुदायबाट गुल्मीमा अरु डाक्टर बनेको मैले पनि सुनेको छैन, सम्भतः म नै हुँ कि भन्ने लागेको छ तर त्यसको आधिकारिकता भने छैन् ।

एउटै वडामा दलितहरु डाक्टर सहित ७ जना डिग्री होल्डर

डाक्टर बिककै गाउँ  नेटा हो जजहाँ  सदरमुकाम तम्घास लगायत जिल्लाभरका दलितहरु भन्दा  त्यहाँका दलितहरु र्शैक्षिक रुपमा धेरै अगाडी छन् ।

उनि एक जना डाक्टर सहित त्यस गाउँमा ७ जना डिग्री होल्डर बिश्वकर्माहरु छन् । जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरीक्षक झविलाल बिक, सामाजिक क्षेत्रमा कार्यरत विजय बिक, नेपाल प्रहरीका पुर्व प्रहरी निरक्षक राजेन्द्र बिक, प्रहरी सहायक निरक्षक विनय बिक, अमिन कल्पना बिक र कमला बिक त्यहाँका  डिग्री होल्डरहरु हुन् । 

सोही स्थानका स्नातक उतिर्ण धर्मेन्द्र बिश्वकर्मा काठमाण्डौ खानेपानी विभागमा सुव्वा तहमा कार्यरत रहेका छन ।

स्नातक र सो भन्दा तल अध्यानरत ८ जना दलित समुदायका युवा युवती त्यहाँ शिक्षक रहेका छन् । सुन्तली परियार , सीता बिक, तारा बिक, रुमा बिक, प्रेम बिश्वकर्मा, सिता अर्याल बिक, सोनु बिक  शिक्षक पेशामा  कार्यरत छन् ।

त्यस्तै पुनाराम बिक, अर्का प्रेम बिक, माया बिक, सुनिता बिक, दिलमाया बिक, सविता बिक, सजना बिक, दानबहादुर बिक, भिमबहादुर बिक, नविन बिश्वकर्मा, राहुल विक सहित दलित समुदायबाट २४ जनाले प्रविणता प्रमाण पत्र तहको अध्यान प्राप्त गरेका छन् ।

त्यस्तै विज्ञान विषयमा ३ जनाले प्रविणता प्रमाण पत्र प्राप्त गरेका छन् । , सिएमए २ जनाले गरेका छन् ।  सो सरहको अध्यान गरेका नेपाल प्रहरीमा दुई जना र नेपाली सेनामा २ जना रहेका छन् । २०६८ सालको जनगणना अनुसार

अहिले नयाँ पिढीमा १३  जनाले प्रवेशिका परिक्षा उतिर्ण गरेका छन् ।  सावित्रा बिक, थमन बिक, राजु बिक, चन्द्र बिक, ज्योति बिक, शान्ति बिक, शिवा बिक, कमला परियार, लक्ष्मी बिक, विमल बिक, दिपक बिक, वालकृष्ण बिक,  र लिलबहादुर बिक प्रवेशिका परिक्षा उतिर्ण गरी क्याम्पस पढ्दै रहेको अमर मावि नेटाका विज्ञान विषयका शिक्षक प्रेम बिकले बताए । त्यहाँका दलितहरु अर्काको घरमा निमेक मजदुरी गरेरै भए पनि छोरा छोरीलाई पढाउनु  पर्छ भन्ने मान्यता धेरै अघि देखि नै राख्दै आएका छन् ।

२०६८ सालको जनगणना अनुसार २ सय ४७ दलित घरधुरी र उनिहरुको जनसंख्या १५ सय ८४ रहेको छ । जहाँ अन्य जाती छैनन् । ३ सय २२ घरधुरी जनजातीमा २६  सय ३६ उनिहरुको जनसंख्या रहेको छ । जनजातीको जनसंख्या बढि रहे पनि दलितहरुको तुलनामा  जनजातीहरु शैक्षिक क्षेत्रमा धेरै पछाडी रहेको मालिका वडा नम्वर १ का वडाध्यक्ष ईन्द्रबहादुर घर्तिले बताए ।

उनले भने–‘ खै के भन्नु, दलितका छोरा छोरी कोही डाक्टर बने, कोही विनि छन तर जनजातीहरु मध्ये कतिपय अहिले पनि बाटोमा जाँड खाएर लडेको दृश्य देख्नु पर्दछ ।’ जेहोस  पछिल्लो चरण धेरै जनजातीहरु पनि सु–सुचित हुँदै आएकोले उनिहरु पनि शैक्षिक क्षेत्रमा लम्कीदै जान थालेको उनले बताए ।

राजनैतिक रुपमा पनि त्यहाँका दलितहरु अगाडी नै छन् । नेपाली कांग्रेसका घर्तिले झिनो मतले माओवादी केन्द्रका उमेदवार जितबहादुर सुनारलाई हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए । पराजित सुनारका स्वर्गिय पिता त्यस गाउँमा तवेलामा घोडा पाल्ने पहिलो व्यक्ति थिए । उनि त्यस गाउँमा  संभ्रान्त परिवारमा गनिन्थे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला