२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अति विपन्न बिश्वकर्मा यसरि बने डाक्टर

२०७४, ९ श्रावण सोमबार १३:०६


प्रेम सुनार/साउन ९, गुल्मी । आर्थिक अभावका कारण पढ्न सकिन भन्नेहरुलाई गतिलो जवाफ दिदै गुल्मीका एक अति विपन्न दलित परिवारका युवा यति वेला डाक्टर बनेका छन् । 

मालिका गाउँपालिका वडा नम्वर १ साविकको नेटा गाविसका काँशीराम बिक लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासबाट यसै हप्ता एमबिबिएस डाक्टर बनेका हुन् ।

साविकको नेटा गाविसमा सामन्य खरको झुपडीमा जन्मएका बिकको दुई महिना पनि खान नपुग्ने जमिन रहेको र उनि जस्ता विपन्न डाक्टर बन्नु भनेको हामी सवैका लागि गौरव र प्रेरणाको विषय बनेको स्थानिय शिक्षक प्रेम बिकले बताए ।

त्रिभुवन विश्व विद्यालयबाट संवोधन प्राप्त लुम्विनी मेडिलक कलेज प्रभास पाल्पमा ४ वर्ष सम्मको अध्यान सकेर यस हप्ता देखि एमबिबिएस डाक्टरको जिम्मेवारी सम्हालेका २६ वर्षिय बिकले  आफुले एसएलसी पास गर्ने बेला सम्म डाक्टर बनुँला भन्ने कल्पना समेत नगरेको प्रतिकृया दिए ।

२०६५ सालमा सरस्वती मावि साविकको नेटा–३ बाट ७५.५ अंक लिई एसएलसी गरेका बिकको स्कुले विद्यार्थी जिवन काहली लाग्दो  भएको उनि आफै स्वीकार गर्छन् ।

डाक्टर बिकको विगत र वर्तमान उनि आफैबाट

‘पिता टोकबहादुर बिक, काम गर्न नसक्ने विरामी हुनुहुन्थ्यो , आमा मनरुपाको निमेक मजुरीबाट पढेको हुँ । दुई वटी आमाहरु हुनुहुन्थ्यो । फाटैकै जाँगे लगाएर पढेको हो , अहिले नसोचेकै सफलता प्राप्त भयो , यसको श्रेय म मेरो प्रत्येक सहयोगीलाई दिन चाहन्छु ।

ति मध्येका एक जना जो मेरा छिमेकी र गुरु पनि हुनुहुन्छ दिनानाथ पौड्याल जसले मेरो जिवनमा नसोचेकै सपना पुरा गराई दिनु भयो , उहाँलाई मैले जति सम्मान गरे पनि कम हुन्छ ।  एसएलसी पास गरेपछि म उहाँकै वुलावटमा  पहिलो पटक काठमाण्डौं पुगेको थिएँ ।

सोच्न त विज्ञान विषय लिएरै पढ्छु भन्ने सोचेको थिएँ तर उहाँको सहयोग विना म काठमाण्डौ ६ महिना पनि बस्न सक्ने अवस्था थिएन् । अन्ततः म उहाँकै कोठामा ६, ७ महिना बसेर पढें । पछि उच्च माध्यामिक शिक्षा परिषदबाट उहाँकै पहल र मेरो मेहनतमा स्कलरशिप पाएँ ।

त्यस पछि होस्टलमै बसेर बढ्दै यहाँ सम्म आएको हुँ, ।  म एकदम लक्की हुँ, जसले त्यो अवस्थाबाट यो अवस्थामा आउने अवसर पाएँ, यसर्थ पनि म हिजो जस्तै विकट र विपन्न समुदायको सेवा गर्ने चाहना राखेको छु ।’

उनको विपन्न परिवारमा कहिले पहिरोले घर पु¥यो । कहिले आगो लागी भएर ज्यु धनको क्षति समेत भयो । तर पनि उनले कत्ति हरेस खाएनन् । फलस्वरुप उनि डिग्री होल्डर गुल्मीका दलित समुदाय मध्ये प्रकाशमा आएका  सम्भवतः उनै पहिलो डाक्टर हुन् ।

उनि थन्छन्–‘ खै यसअघि हाम्रो समुदायबाट गुल्मीमा अरु डाक्टर बनेको मैले पनि सुनेको छैन, सम्भतः म नै हुँ कि भन्ने लागेको छ तर त्यसको आधिकारिकता भने छैन् ।

एउटै वडामा दलितहरु डाक्टर सहित ७ जना डिग्री होल्डर

डाक्टर बिककै गाउँ  नेटा हो जजहाँ  सदरमुकाम तम्घास लगायत जिल्लाभरका दलितहरु भन्दा  त्यहाँका दलितहरु र्शैक्षिक रुपमा धेरै अगाडी छन् ।

उनि एक जना डाक्टर सहित त्यस गाउँमा ७ जना डिग्री होल्डर बिश्वकर्माहरु छन् । जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरीक्षक झविलाल बिक, सामाजिक क्षेत्रमा कार्यरत विजय बिक, नेपाल प्रहरीका पुर्व प्रहरी निरक्षक राजेन्द्र बिक, प्रहरी सहायक निरक्षक विनय बिक, अमिन कल्पना बिक र कमला बिक त्यहाँका  डिग्री होल्डरहरु हुन् । 

सोही स्थानका स्नातक उतिर्ण धर्मेन्द्र बिश्वकर्मा काठमाण्डौ खानेपानी विभागमा सुव्वा तहमा कार्यरत रहेका छन ।

स्नातक र सो भन्दा तल अध्यानरत ८ जना दलित समुदायका युवा युवती त्यहाँ शिक्षक रहेका छन् । सुन्तली परियार , सीता बिक, तारा बिक, रुमा बिक, प्रेम बिश्वकर्मा, सिता अर्याल बिक, सोनु बिक  शिक्षक पेशामा  कार्यरत छन् ।

त्यस्तै पुनाराम बिक, अर्का प्रेम बिक, माया बिक, सुनिता बिक, दिलमाया बिक, सविता बिक, सजना बिक, दानबहादुर बिक, भिमबहादुर बिक, नविन बिश्वकर्मा, राहुल विक सहित दलित समुदायबाट २४ जनाले प्रविणता प्रमाण पत्र तहको अध्यान प्राप्त गरेका छन् ।

त्यस्तै विज्ञान विषयमा ३ जनाले प्रविणता प्रमाण पत्र प्राप्त गरेका छन् । , सिएमए २ जनाले गरेका छन् ।  सो सरहको अध्यान गरेका नेपाल प्रहरीमा दुई जना र नेपाली सेनामा २ जना रहेका छन् । २०६८ सालको जनगणना अनुसार

अहिले नयाँ पिढीमा १३  जनाले प्रवेशिका परिक्षा उतिर्ण गरेका छन् ।  सावित्रा बिक, थमन बिक, राजु बिक, चन्द्र बिक, ज्योति बिक, शान्ति बिक, शिवा बिक, कमला परियार, लक्ष्मी बिक, विमल बिक, दिपक बिक, वालकृष्ण बिक,  र लिलबहादुर बिक प्रवेशिका परिक्षा उतिर्ण गरी क्याम्पस पढ्दै रहेको अमर मावि नेटाका विज्ञान विषयका शिक्षक प्रेम बिकले बताए । त्यहाँका दलितहरु अर्काको घरमा निमेक मजदुरी गरेरै भए पनि छोरा छोरीलाई पढाउनु  पर्छ भन्ने मान्यता धेरै अघि देखि नै राख्दै आएका छन् ।

२०६८ सालको जनगणना अनुसार २ सय ४७ दलित घरधुरी र उनिहरुको जनसंख्या १५ सय ८४ रहेको छ । जहाँ अन्य जाती छैनन् । ३ सय २२ घरधुरी जनजातीमा २६  सय ३६ उनिहरुको जनसंख्या रहेको छ । जनजातीको जनसंख्या बढि रहे पनि दलितहरुको तुलनामा  जनजातीहरु शैक्षिक क्षेत्रमा धेरै पछाडी रहेको मालिका वडा नम्वर १ का वडाध्यक्ष ईन्द्रबहादुर घर्तिले बताए ।

उनले भने–‘ खै के भन्नु, दलितका छोरा छोरी कोही डाक्टर बने, कोही विनि छन तर जनजातीहरु मध्ये कतिपय अहिले पनि बाटोमा जाँड खाएर लडेको दृश्य देख्नु पर्दछ ।’ जेहोस  पछिल्लो चरण धेरै जनजातीहरु पनि सु–सुचित हुँदै आएकोले उनिहरु पनि शैक्षिक क्षेत्रमा लम्कीदै जान थालेको उनले बताए ।

राजनैतिक रुपमा पनि त्यहाँका दलितहरु अगाडी नै छन् । नेपाली कांग्रेसका घर्तिले झिनो मतले माओवादी केन्द्रका उमेदवार जितबहादुर सुनारलाई हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए । पराजित सुनारका स्वर्गिय पिता त्यस गाउँमा तवेलामा घोडा पाल्ने पहिलो व्यक्ति थिए । उनि त्यस गाउँमा  संभ्रान्त परिवारमा गनिन्थे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो