२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विवाहका लागि कोट किन्न गएका बेहुला बेपत्ता

२०८१, ९ फाल्गुन शुक्रबार १२:१३

कञ्चनपुर | कञ्चनपुरको लालझाडी गाउँपालिका–४, पर्सियाका दीपकराज राना विवाहको चार दिनअघि बेपत्ता भएका छन् । विवाहका लागि कोट किन्न गएका दीपकराज माघ ३० गतेदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका राना समुदायकी एक युवतीसँग फागुन ४ गते विवाह तय भएको थियो।

विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए । ‘सबै तयारी पूरा भइसकेको थियो। भाइ र मैले दुवै जना खटेर आफन्तलाई निम्तोसमेत बाँडिसकेका थियौँ’ उनले भने ‘कोट लिन धनगढी गएको भाइ माघ ३० बाट सम्पर्कविहीन छन्।

बेपत्ता दीपकराजको मोबाइल पनि सोही दिनदेखि स्विच अफ छ। परिवारले कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिँदै उनको खोजी गरिदिन अनुरोध गरेका छन्।

विवाहको सम्पूर्ण तयारी पूरा भइसकेपछि बेहुला हराउँदा दुबै परिवारमा अन्योल छाएको छ। खुसीयालीको माहोल सन्नाटामा परिणत भएको छ। बेहुला नभेटिएपछि आपसी सहमतिमा विवाह स्थगित गरिएको र परिवारले खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीको सहयोग मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा