२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरको सुधार केन्द्रमा एक युवकको शंकास्पद मृत्यु

२०८१, ९ फाल्गुन शुक्रबार १२:४९

काठमाडौँ | जनकपुरधामको एक सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो ।

दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुर स्थित किशोर फाउण्डेशन (सुधारेकन्द्र)मा बसिरहेका उनको बुधबार साँझ मृत्यु भएको हो ।

किशोर फाउण्डेशनका व्यवस्थापक संजिव शर्माका अनुसार घाँटीमा कफ जमेको जस्तो भई सास लिन समस्या भएपछि बुधबार बिहान ११ बजेतिर जनकपुरको समर अस्पताल लगिएको थियो ।

उपचारपछि चिकित्सकले निगरानीमा राख्नु भन्दै पठाएका थिए । दिउँसो पुनः समस्या भएपछि साढे ४ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको शर्माको दावी छ ।

प्रादेशिक अस्पताल जनकपुरका अकास्मिक कक्षका इन्चार्ज सरद यादवले भने उपचारको लागि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

स्थानीय महेशलाल यादवका अनुसार चार दिनअघि राजकुमारकी आमा सरस्वती देवी छोरा भेट्न आएकी थिइन् । अनुहार मलिन देखेपछि आफूसँगै घर लैजान खोज्दा सुधार केन्द्रका सञ्चालकले ४/५ महिना राखे निको हुने भन्दै रोकेका थिए । परिवारजनले औषधि अत्यधिक सेवन गराउँदा ज्यान गएको आरोप लगाएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुरले समर हस्पिटलमा उपचारपछि राजकुमारलाई सुधार केन्द्र लगिएको, त्यहाँ पुगेपछि सुतेको सुत्यै भएकाले पुनः उपचारका लागि प्रादेशिक अस्पताल लगिएको जानकारी सुधार गृह सञ्चालकले दिएको बताए ।

राजकुमारको शवको बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । राजकुमार घरका एक्ला छोरा थिए । विवाहित उनका दुई सन्तान छन् । राजकुमारका बुवा रामबाबु वैदेशिक रोजगारीमा छन् । परिवारजनले सुधार केन्द्रको लापरबाहीले छोराको मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक