८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रिंकुको मृत्यु घटनामा पञ्चायतका सदस्य सहित आठ जना विरुद्ध पूरक जाहेरी

९ फाल्गुन २०८१, शुक्रबार १४:०८

सिरहा | सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु घटनामा पञ्चायतका सदस्य सहित आठ जना विरुद्ध पूरक जाहेरी परेको छ।

रिंकुकी आमा सीतादेवीले इलाका प्रहरी कार्यालय, लहानमा पूरक जाहेरी दिएकी हुन्। गत माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनको हत्या गरिएको परिवारजनको दाबी छ।

जबर्जस्ती करणीपछि हत्या गरिएको भन्दै परिवारजनले चार जना विरुद्ध जाहेरी दिएको थियो। तर प्रहरीले दर्ता गर्न नमानेपछि आरोपितमध्येका एक रूपेश मण्डल विरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिइएको थियो।

अनुसन्धानका क्रममा थप पाटो खुलेपछि पूरक जाहेरी दिइएको हो। अपहरणपछि सामूहिक बलात्कार गरेको, हत्या गरेको, पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र समेत गर्न खोजेको जाहेरीमा उल्लेख गरिएको छ।

अहिले रूपेश मण्डलसँगै चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रीत साह र विन्देश्वर साह विरुद्ध जाहेरी परेको हो। नथुनी साह वडा सदस्य हुन्। नथुनीसँगै रामपुकार मण्डल, रामकृपाल मण्डल र रामप्रीत साह पञ्चायतका सदस्य हुन्।

पञ्चायत बसेर बलात्कारको घटना मिलाइएको थियो। बलात्कारका आरोपित रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने पञ्चायतले निर्णय गरेको थियो।

त्यसको दुई दिनपछि माघ ३० मा रिंकु मृत भेटिएकी थिइन्। बलात्कारमा संलग्न व्यक्तिहरूले हत्या गरेर घरभित्र झुन्ड्याएको परिवारजनको आरोप छ।

घटनाको दुई सातासम्म पनि आरोपित पक्राउ परेका छैनन्। खोजतलासका लागि सम्भाव्य क्षेत्रमा प्रहरी टोली खटाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यले बताए। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप कुरा खुल्ने डीआईजी आचार्यको भनाइ छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो।

यस घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ। जिल्ला प्रहरी कार्यालयसँगै प्रदेश प्रहरीको टोलीले पनि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता