२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

होली खेल्दा कुर्ता च्यातिएको निहुँमा आशुको हत्या, ६ महिनाभित्र श्रीमान् र एक्लो छोरा गुमाएपछि अर्चनामाथि बज्रपात

२०८१, ४ चैत्र सोमबार १२:२७

जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीकी अर्चना यादवमाथि असह्य बज्रपात भएको छ। ६ महिनाअघि श्रीमान् पप्पु यादव गुमाएकी अर्चनाले अब एक्लो छोरा १५ वर्षीय आशुलाई पनि गुमाउनु परेको छ।

शनिबार होलीको दिन सामान्य विवादकै क्रममा स्थानीय लक्ष्मण महतोका २१ वर्षीय छोरा धर्मेन्द्र महतोले छुरा प्रहार गरी आशुको हत्या गरेका थिए।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, साँझ ५ बजे धर्मेन्द्रले छाती, ढाड, र पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। धर्मेन्द्रलाई प्रहरीले छुरासहित तत्कालै पक्राउ गरेको छ।

होली खेल्दै गर्दा धर्मेन्द्रको कुर्ता थोरै च्यातिएको थियो। यसलाई लिएर उनी क्रोधित बनेर आशुलाई गाली गर्दै मार्ने धम्की दिए। सुरुमा सम्झाई–बुझाई गर्दा फर्किए पनि केही समयपछि साथीहरू पठाएर आशुलाई घरबाट बोलाउन लगाए। आशुको आमा अर्चनाले पनि रोक्ने प्रयास गरिन्, तर उनी राजन र रुपेशसँगै घरबाट निस्किए । आशुको घर जनकपुर–जलेश्वर सडकखण्डको बिन्धीमा, करिब ६० मिटर भित्र गल्लीमा पर्छ ।

आशुकी काकी संगीता यादवका अनुसार, नशा सेवन गरेका धर्मेन्द्रले एकपटक गाली गर्दै मार्ने धम्की दिएका थिए। मैले विवाद नगर, नयाँ कुर्ता किनिदिन्छु भनें। तर, उनले केटाहरू लगाएर आशुलाई बोलाउन पठाए। मैले रोक्न खोजेँ, तर आशु र राजन केही हुँदैन भन्दै बाहिर निस्किए। त्यहाँ पुग्नासाथ धर्मेन्द्रले छुरा प्रहार गर्न थाल्यो। राजनले बचाउने प्रयास गरे पनि सकेन।

आशुलाई बचाउन अर्की काकी विनिताले पनि प्रयास गरिन्। उनी र छोरा रुपेशले रोक्न खोज्दा रुपेशलाई दुई ठाउँमा छुरा लाग्यो। ‘राकेशले धर्मेन्द्रलाई छुरा दियो। धर्मेन्द्रले मेरो कुर्ता किन च्यातिस्, मारिदिन्छु भन्दै आक्रमण गर्न थाल्यो। मेरो छोरा रुपेशलाई दुईपटक छुरा प्रहार गरियो। ऊ भुइँमा ढल्यो। मैले चिच्याउँदै हारगुहार गरें। तर कोही आएनन्। धर्मेन्द्रले तीनपटक आशुलाई छुरा हान्यो। मासु बाहिर निस्कियो,’ विनिताले भनिन्।

गम्भीर अवस्थामा रुपेशले आशुलाई मोटरसाइकलमा प्रादेशिक अस्पताल जनकपुर पुर्‍याए । तर चिकित्सकले मृत घोषणा गरे । आशुको शव आइतबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ ।

छिमेकीका अनुसार आशु झगडालु नभई मिजासिला थिए। उनी याज्ञवल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए। उनका बुबा पप्पु यादव अटो रिक्सा चलाएर परिवार पाल्थे। छोरा आशुलाई इन्जिनियर वा डाक्टर बनाउने बुबाआमाको सपना थियो। गत वैशाखमा नयाँ अटो किनेर चलाइरहेका पप्पु केही महिनापछि अचानक थला परे। ६ महिनाको उपचारपछि उनको निधन भएको थियो। बुबाको सपना पूरा गर्ने जिम्मेवारी अर्चनाले सम्हाल्दै थिइन्।

छोराको शव देखेर अर्चना बेस्सरी बिलौना गर्छिन्, ‘हमरा छोरिक कत चैलगेल रे आशु! आब हम केना जियब रे बौवा?’ (मलाई छाडेर कहाँ गयौं आशु? म अब कसरी बाँचु बाबु?)

कुनै बेला जोडजोडले कराउँछिन्, कुनै बेला मूर्छा पर्छिन्। गाउँलेहरू शोकमा डुबेका छन्। छिमेकीहरू भन्छन्, ‘६ महिनाभित्र श्रीमान् र एक्लो छोरा गुमाएकी अर्चनाले कसरी मन बुझाउँछिन्? अब उनको सहारा कोही छैन।’ यो दर्दनाक घटनाले गाउँलाई नै स्तब्ध बनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे