१६ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव

१० चैत्र २०८१, आईतवार ११:११
काठमाडौँ | ससुराली हिँडेका धनुषाका एक युवकको अपहरण पछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।

उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ ५ फेला परेको थियो । शव शुक्रबार साँझ साढे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो ।

प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको जनाएको छ । महोत्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी सन्तुलाल जयसवारले भने, ‘शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हाम्रो प्रारम्भिक अनुमान छ । थप कुराहरु अनुसन्धानबाट खुल्छ’ डिएसपी जयसवारले भने ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।

शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए ।

मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट श्रीमती सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सृजना चढेकी थिइन् भने अर्कोमा शिवशंकर ।

शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए । तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि मात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।

‘हिजो दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो । त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ,’ मृतकका भाइ राम महतोले भने ।

केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सृजनाले नाना (हजुरबुबा)को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।

‘प्रहरीले सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याओस्,’ भाइ रामले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुने क्षेत्रको कर्फ्यु हट्यो दुर्गा प्रसाईं फरार, बिभिन्न प्रहरी युनिटले खोजि गर्दै मन्त्रिपरिषद् बैठक सकियो, के निर्णय भयो ? राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, आन्दोलन संयोजक धवलशमशेर सहित १७ जना पक्राउ आगजनी र लुटपाट गराएको अभियोगमा दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि तीनकुनेमा राजावादीकाे आन्दाेलन : प्रहरीको गोली लागी घाइते एकको मृत्यु विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक अराजकताको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंलाई बनाउँछौं– गृहमन्त्री लेखक  कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री राजावादी प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ? तीनकुने घटना सुरुवात मात्र हो : रविन्द्र मिश्र प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​ शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु तीनकुने क्षेत्रमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, घर जानू एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड राजावादी समर्थकले जलाए प्रहरीको गाडी अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते