2026-09-02 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बाग्लुङ्गमा पहिरोमा पुरिएर एकको मृत्यु, ६ जना बेपत्ता

प्रेम सुनार/साउन २०, गुल्मी । दुई दिन देखी परेको अविरल  वर्षा सँगै आएको पहिरोले  गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गमा पहिरोले पुरिएर  एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।  

ढोरपाटन नगरपालिका वडा नं।–५ , साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा आज विहान पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ । त्यस्तै  स्थानिय होमबहादुर विश्वकर्माको घर भन्दा माथिबाट झरेको पहिरोले घर पुरिदा ५५ बर्षिय होम बहादुर विश्वकर्मा बेपत्ता भएका छन् । 

 आज विहान करिव ३ बजेर ३० मिनेटको समयमा सुतिरहेको अवस्थामा घरभन्दा माथिबाट पहिरो झर्दा घर सहित विश्वकर्मालाई पुरेको हो । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट उद्धार टोली त्यहाँ पुगेको छ ।

बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नम्बर(२ बाहुनगाउँ स्थित घरको माथीबाट पहिरो खस्दा घर पुरिएर सोही घरका मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् ।   निसीखोला( १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउदा एक जना वेपत्ता भएका छन् ।

यसैगरी निसीखोला( २ उपल्लो बेग्रेका लालसिँह विकको घर पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । 

त्यस्तै निसीखोला  गाउँपालि वडा नं– ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् ।

हिजो देखि परेको अविरल वर्षको कारण खोलाको बहाव बढेर आएर कुलाको मुहान बगाइदिएको म्यानेजर राम प्रसाद चालिसेले जानकारी दिए । बिद्युत अवरोध हुदा त्यहाँका एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग लगाएतका घरेलु उद्योगहरु ठप्प भएका छन् ।

यसैवीच, निसीखोला किनारमा रहेको देविस्थान स्वास्थ्य चौकी बाढीको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली