2026-11-01 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ

मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकीभित्र चार किलो भन्दाबढी लागुऔषध गाँजासहित बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साहलाई भारतीय क्षेत्रमा संयुक्त टोली पक्राउ गरेको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भागसिंह गुर्जरले बताए।

सिमावर्ती भारतीय गाउँ पिठवा छेऊ पिलर संख्या ३५६र४ नजिकै मंगलबार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको पल्सर मोटरसाइकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।सीमा क्षेत्रको गतिविधि नियालिरहेको झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकीभित्र चार किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्।

पक्राउ परेका मुकेशले मोटरसाइकलको ट्यांकीभित्र र सिटमुनि गाँजा राखेर यसरी नै यसअघि पनि नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्‍याएको सोधपुछको क्रममा स्वीकार गरेको एसएसबीले जनाएको छ।बरामद गाँजा, मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।

मकवानपुरको बिकट ठाउँहरूमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको विभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्‍याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द