२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ

२९ चैत्र २०८१, शुक्रबार १३:३८

दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीयासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका– २, को लामीडाँडा जंगलबाट अन्दाजी २० वर्षीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी महिला सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छिन् ।

‘दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू नास्ता लिन बुडेली गएका थिए,’ शर्मिलाले भिडियोमा भनेकी छिन् । साथै उनले खर/परालमा आफूले आगो नलगाएको पनि बताएकी छिन् । गएराति ९ बजेतिर बमबहादुरको परिवार घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो ।​ उक्त आगलागीबारे बमबहादुरको परिवारलाई छिमेकीले जानकारी दिएका थिए ।

त्यसपछि बमबहादुर र उनकी श्रीमती छोरा-छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गएका थिए । ‘उनीहरू घर फर्किँदा छोरी भेटिइनन्,’ बमबहादुरका दाजु दीपकले भने, ‘खोजी गर्दा कतै भेटिएन । हामीले पराल/खरमा आगो लगाएर हामीलाई उता अल्मल्याएर कोही व्यक्तिले लगेर भागेको शंका लाग्यो ।’त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरिएको उनले बताए । प्रहरी र स्थानीयले खोजी थालेका थिए ।

शुक्रबार बिहान ९ बजेतिर छिमेकी चामुण्डाबिन्द्रासैनी नगरपालिकाको लामीडाँडामा बच्चा बोकेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ