2026-09-11 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ

दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीयासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका– २, को लामीडाँडा जंगलबाट अन्दाजी २० वर्षीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी महिला सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छिन् ।

‘दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू नास्ता लिन बुडेली गएका थिए,’ शर्मिलाले भिडियोमा भनेकी छिन् । साथै उनले खर/परालमा आफूले आगो नलगाएको पनि बताएकी छिन् । गएराति ९ बजेतिर बमबहादुरको परिवार घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो ।​ उक्त आगलागीबारे बमबहादुरको परिवारलाई छिमेकीले जानकारी दिएका थिए ।

त्यसपछि बमबहादुर र उनकी श्रीमती छोरा-छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गएका थिए । ‘उनीहरू घर फर्किँदा छोरी भेटिइनन्,’ बमबहादुरका दाजु दीपकले भने, ‘खोजी गर्दा कतै भेटिएन । हामीले पराल/खरमा आगो लगाएर हामीलाई उता अल्मल्याएर कोही व्यक्तिले लगेर भागेको शंका लाग्यो ।’त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरिएको उनले बताए । प्रहरी र स्थानीयले खोजी थालेका थिए ।

शुक्रबार बिहान ९ बजेतिर छिमेकी चामुण्डाबिन्द्रासैनी नगरपालिकाको लामीडाँडामा बच्चा बोकेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस