2026-09-12 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते

बागलुङमा गाउँपालिकाका कर्मचारी चढेको पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जीप दुर्घटना भएको हो ।

तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग १ ५७०५ नम्बरको पिकअप जीप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । घाइतेमध्ये सहायक प्रशासकीय मुना विक र प्राविधिक साहयक नवीन मल्लको अवस्था गम्भीर रहेको यादवको भनाइ छ। गम्भीर दुवै जनालाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको उनले जानकारी दिए । अन्य घाइतेहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस