2026-09-11 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ

काठमाडौँ | बारा जिल्लाको बिभिन्न स्थानमा प्रहरी गस्ती टोलीले ट्रक, र साढेतीन क्विन्टल लागुऔषध गाँजा सहित ५ जना तस्कर लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालन गरिएको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत चेकजाँचको क्रममा प्रहरीले ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्करलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा गएराति पौने १२ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका–३ बजन स्थित हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गरेको थियो। चेकजाँचमा ट्रक भित्र लुकाई छिपाई लगी रहेको लागू औषध गाँजा ३०५ किलो (१९ पोका) बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

लागू औषध गाँजा बरामद गरी ट्रक सहित ओसारपसार कार्यमा संलग्न रहेका ट्रक चालक मकवानपुर कैलास गाँउपालिका– ४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार हेटौँडा उपमहा नगरपालिका–३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न कैलास गाउँपालिका–१० बस्ने वर्ष २७ को जीवन ठोकर पक्राउ गरिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन्। त्यसै गरी विशेष सूचनाको आधारमा बिहीवार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका ४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहले आफ्नै घरमा बिक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी पवनकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै विशेष सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका– १ मुसहरी टोलस्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा ६० किलो (४ पोका) सहित भारत बिहार मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने वर्ष २५ को राजबिहारी कुमारलाई पक्राउ गरेको छ।पक्राउ परेका सबैजना नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हाले देखि सानो अवधिमै प्रहरीले लागूऔषध गाँजा, चरेस, अफिमसहित दर्जनौं तस्कर र दर्जनौँ सवारी साधन नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस