२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

७ बैशाख २०८२, आईतवार १७:५७

मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ ढडुवामा आफ्नै घर अगाडि पार्किङ गरी राखेको ग२४प ६९१२ नम्बरको मोटरसाइकलसहित कास्कीका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२३ पुम्दीभुम्दीका २९ वर्षीय जितु विक र पोखरा २२ घाँटीछिनाका १९ वर्षीय राम सुनार रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

ढडुवाका दिपकचन्द्र गौतमले आफनै घरमा पार्किङ गरी राखेको मोटरसाइकल बिहीबार राति हराएको भन्दै प्रहरीलाई खोजतलासका लागि निवेदन दिएका थिए । अस्थायी प्रहरी पोष्ट मट्टीखान स्याङ्जाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ फेदिखोला गाउँपालिका–१ नैखु अयरपानीबाट हराएको मोटरसाइकलसहित विक र सुनारलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । दुवै जनालाई चोरीसम्बन्धी मुद्दा दर्ता गरी आइतबार अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रनाउ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली