२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु

२०८२, ८ बैशाख सोमबार १३:२९

काठमाडौँ | काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौँदेखि मनाङ फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु भएको छ । काठमाडौँमा भएको शिक्षक कर्मचारी आन्दोलन सकेर फर्कने क्रममा तनहुँको भानु नगरपालिका–१ नेपालटारमा स्कुटर र माइक्रो बस एक आपसमा ठोक्किँदा प्रधानाध्यापक मन घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिए । घले जनविकास आधारभूत विद्यालय, नासोङका प्रधानाध्यापक थिए ।

डुम्रे–बेँसीसहर खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका वडा नम्बर १० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किएको हो ।
स्कुटरमा रहेकी लमजुङको बेँसीसहर बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । माइक्रोबसमा रहेका मनाङको नासोङ गाउँपालिका–८ का ४० वर्षीय प्रधानाध्यापक घलेको उपचारका क्रममा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारमा मृत्यु भएको हो । काठमाडौँबाट बेसीशहरतर्फ गुडिरहेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट डुम्रेतर्फ गुडिरहेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठोक्किएका थिए ।

दुर्घटनामा माइक्रोमा सवार बेसीशहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दूधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अधिस राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि