१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शव सदरमुकाम ल्याउन हत्या आरोपीले नै हेलिकोप्टर चार्टर गरेपछि…

२५ श्रावण २०७४, बुधबार ०२:४७


साउन २५, सोलुखुम्बु । आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । 

आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी ल्याइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । 

आरोपित राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ भने मृतक विकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । 

गत शुक्रबार खुम्जुङमा व्यवसाय गर्ने राईले आफ्नै घरमा काम गर्ने विकलाई कुटपिट गरेपछि उपचारका लागि स्वास्थ्य केन्द्र लगिएको थियो । विकको उपचारको क्रममा शनिबार ज्यान गएको थियो । 

नाम्चेबाट सदरमुकाम आइपुग्न कम्तीमा तीन दिन पैदल हिँड्नुपर्ने र शव परीक्षणका लागि ल्याउन त पाँच दिनसम्म लाग्ने भएकाले बोक्ने मानिस नपाइने र वर्षात्का कारण बाटो पनि निकै अप्ठ्यारो भएकाले सहजताका लागि आरोपित राईले नै हेलिकोप्टर चार्टर गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु