2026-09-12 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

काठमाडौँ | पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत्् केन्द्ररको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ । जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुषालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक व्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको छ । भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभएको छ ।

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुषालले बताउनुभएको छ । भारतीय पक्षले हरेक वर्ष कार्तिक–मङ्सिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ । यसले गर्दा हाम्रो घाटा हुनेगरेको उहाँले बताउनुभएको छ ।

नहरमा पानी बन्द भएपछि विद्युत् ठप्प भएपछि दिनहुँ सातदेखि आठ लाखसम्म घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिनुभयो । १५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत्् केन्द्र अहिले चारदेखि साढे चार मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रेमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन विग्रेर थन्केको छ । गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतिय उपकरण पुरानो प्रविधिअनुसार रहेको हुनाले परिर्वतन गरी सुधार गर्नुपर्ने देखिएको उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस