2026-09-11 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा

काठमाडौँ | शुक्लाफाँटा नगरपालिका–४ स्थित असैनामा चार दशकअघि सिँचाइका लागि जडान गरिएको ‘अटोजन बोरिङ’ मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यसबाट २०० बढी परिवार लाभान्वित भएका छन् ।

वडा कार्यालयले रु दुई लाख रकम खर्च गरी बिग्रिएको बोरिङ मर्मत गरी सञ्चालन गरेको हो । “वर्षौंदेखि बोरिङ बिग्रँदा सिँचाइ सुविधाबाट वञ्चित रहँदै आएका थियौँ”, स्थानीय नेपाली रानाले भन्नुभयो, “बोरिङबाट लगातार पानी चुहिँदा नजिकको झण्डै दुई बिघा बढी जग्गा सिमसारमा परिणत भएको थियो ।”

बोरिङका भल्व फेर्ने कार्य गरिएपछि चाहेको बेला खेतमा सिँचाइ गर्न सकिने र नचाहिएका बेला बन्द गर्न सकिने भएको उहाँले बताउनुभयो । बोरिङबाट लगातार पानी चुहिने कारणले खेती लगाउनै मुस्किल हँुदै आएको नत्थु रानाले बताउनुभयो । “बोरिङ मर्मत गरिएपछि व्यवस्थित तरिकाले खेतमा सिँचाइ गर्न सकिने भएको छ”, उहाँले भन्नुभयो, “खेतीका लागि आवश्यक पर्ने पानी बोरिङबाटै उपलब्ध हुने भएको छ ।”

“तरकारीखेती गर्नका लागि बोरिङको पानी पु¥याउन सम्भव नहुँदा विगतमा घरकै नल्कामा जडान गरिएको मोटरबाट सिँचाइ गर्दै आएका थियौँ”, सुशीला रानाले भन्नुभयो, “बोरिङ मर्मत भएपछि सहजरुपमा सिँचाइ गर्न पाइएको छ ।” विसं २०४० अघि किसानको खेतमा सिँचाइ सुविधा उपलब्ध गराई कृषिको उत्पादकत्व बढाउनका लागि अटोमेटिक (स्वचालित) बोरिङ जडान गरिएको थियो ।

बोरिङ जडान भएको केही वर्षसम्म सहजरुपमा सञ्चालन भए पनि भल्व बिग्रिँदा अलपत्र परेको थियो । भल्व मर्मतका लागि स्थानीय बासिन्दाले रकमको जोहो मिलाउन नसक्दा बोरिङबाट लगातार रुपमा पानी चुहिने समस्याले किसानले हैरानी खेप्दै आएका थिए ।

वडाध्यक्ष कमल ठकुल्लाले स्थानीय बासिन्दाको मागअनुसार बोरिङ मर्मत गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । बोरिङ मर्मतसँगै त्यसको सुरक्षाका लागि पर्खाल निर्माण गर्ने कार्य गरिएको उहाँले बताउनुभयो ।

बोरिङले प्रतिसेकेण्ड छ इञ्च पानी फाल्ने गर्दछ । बोरिङ मर्मत भएपछि वडाका दुई सय बढी किसानको झण्डै ६० बिघा बढी जग्गामा सिँचाइ सुविधा पुगेको वडासदस्य मनिदत्त पन्तले बताउनुभयो । स्थानीय बासिन्दाले बोरिङको पानी सिँचाइसँगै लत्ताकपडा धुने, पिउने र बस्तुभाउलाई खुवाउने कार्यमा पनि प्रयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस