Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन २६ गते, अपराह्न ४:१२ बजे पर्सा - PRS, समाज

हात्तीको आक्रमणमा परी एघार वर्षीय बालकको मृत्यु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, पर्सा । पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ ।

पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं. २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो ।

बिहान ३: ३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चलेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत रिजनको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

वन क्षेत्र नजिकै रहेको पर्साको ठोरी, सुर्वणपुर, विजयबस्ती लगायतका स्थानमा हात्तीको समूहले निरन्तर आक्रण गर्दै आएको र हात्तीको आक्रमणमा परी बर्षेनी दर्जनाँै व्यक्तिले ज्यान गुमाएको स्थानीयवासीले गुनासो गरेका छन् । वनबाट आएको हात्तीको समूहले गाउँ प्रवेश गरी घर भत्काउनाका साथै बालीसमेत नष्ट गर्दै आएपनि स्थानीय प्रशासनले हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको भनाइ रहेको छ ।

खाल्टोमा डुबेर सात वर्षीय बालको मृत्यु

यसैगरी, पर्साको छिपहरमाई गाउँपालिकामा आज बिहान ११ बजे पानीमा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ । गाउँपालिका–४ तुल्सिबर्वा निवासी जोखन साहको ७ वर्षीय छोरा रुपेश साहको पानीमा डुबेरा मृत्यु भएको हो ।

घरबाट बाहिर खेल्ने क्रममा घरअगाडि रहेको खाल्टोको पानीमा डुबेर रुपेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले घरअगाडि रहेको खाल्टोमा वर्षाको पानी जमेको र बालक खेल्दाखेल्दै सोही पानीमा खसेर मृत्यु भएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।रासस