१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हात्तीको आक्रमणमा परी एघार वर्षीय बालकको मृत्यु

२६ श्रावण २०७४, बिहीबार १०:२७

साउन २६, पर्सा । पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । 

पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं. २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो । 

बिहान ३: ३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चलेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत रिजनको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

वन क्षेत्र नजिकै रहेको पर्साको ठोरी, सुर्वणपुर, विजयबस्ती लगायतका स्थानमा हात्तीको समूहले निरन्तर आक्रण गर्दै आएको र हात्तीको आक्रमणमा परी बर्षेनी दर्जनाँै व्यक्तिले ज्यान गुमाएको स्थानीयवासीले गुनासो गरेका छन् । वनबाट आएको हात्तीको समूहले गाउँ प्रवेश गरी घर भत्काउनाका साथै बालीसमेत नष्ट गर्दै आएपनि स्थानीय प्रशासनले हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको भनाइ रहेको छ । 

खाल्टोमा डुबेर सात वर्षीय बालको मृत्यु 

यसैगरी, पर्साको छिपहरमाई गाउँपालिकामा आज बिहान ११ बजे पानीमा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ । गाउँपालिका–४ तुल्सिबर्वा निवासी जोखन साहको ७ वर्षीय छोरा रुपेश साहको पानीमा डुबेरा मृत्यु भएको हो । 

घरबाट बाहिर खेल्ने क्रममा घरअगाडि रहेको खाल्टोको पानीमा डुबेर रुपेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले घरअगाडि रहेको खाल्टोमा वर्षाको पानी जमेको र बालक खेल्दाखेल्दै सोही पानीमा खसेर मृत्यु भएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु