३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

१६ बैशाख २०८२, मंगलवार ११:३७

काठमाडौँ | लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो । यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो ।

सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । “लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको हो । अब यसमा कसैको अवरोध रहँदैन”, उहाँले भन्नुभयो, “सर्वपक्षीय सहमतिअनुसार सडक निर्माण सम्पन्न भएपछि उक्त सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनःस्थापना गर्न सकिने छ ।”

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ । यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ संरचना निर्माणका लागि सडकको बीच भागमा रहेको मधेस आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सम्झनामा निर्मित स्मारकको कारण समस्या हुँदै आएको थियो ।

उक्त स्मारक व्यवस्थापन गर्ने सहमति जुटेसँगै अब सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्रगतिमा विकास गरिने निर्माण कम्पनीले जनाएको छ । कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिरहा)का प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाको अनुसार बजार क्षेत्रअन्तर्गत मिर्चैयामा ‘ओभरपास’ निर्माणका लागि चाहिने २४ वटा पाइल फाउन्डेसनमध्ये १६ तयार भइसकेको छ । तर लहानको मुख्यचोकमा रहेको सहिदपार्क नहट्दा अहिलेसम्म एउटा पनि पाइल फाउन्डेसन निर्माणको कार्य सुरु भएको छैन । सूचना अधिकारी कोइरालाले भन्नुभयो, “उक्त सहिद स्मारक अन्यन्त्र सार्नका लागि लहान नगरपालिकालाई लामो समयदेखि ध्यानाकर्षण गराउँदै आएका थियौँ । हिजो उक्त स्मारकलाई त्यहाँबाट स्थानान्तरण गर्ने निर्णय भएसँगै अब तीव्रगतिका साथ सडक निर्माणको काम अघि बढ्छ ।”

उहाँका अनुसार यस आयोजनाको पश्चिम खण्ड कुशहाबाट कमलासम्मको ४७.४१ किलोमिटर सडक निर्माणको प्रगति विवरण हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०२५ डिसेम्बर ३१ सम्म यस आयोजना सम्मन्न गरिसक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली