२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

नदीमा बेपत्ता यादव फेला परेनन्, खोजी जारी

२०७४, २७ श्रावण शुक्रबार ०४:०४

साउन २७, राजविराज । सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् । 

बेपत्ता भएका ६० वर्षीय यादवलाई उद्धार गर्नका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीको टोलीले आज बिहान पनि खोजी कार्य जारी राखेको बताइएको छ । पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले देउरी भरुवाको बाँध कटान गरिरहेको अवस्थामा बाँधलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीसँगै गएका यादव ढिस्कोमा पुरिएर बेपत्ता भएका थिए । 

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यका लागि घटनास्थलमा पुगेको थियो । 

त्यस्तै, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, गोदावरीबाट थप सुरक्षाकर्मी उद्धारका लागि मगाइएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । 

यस्तै, खाँडो नदीमा आएको बाढीले राजविराज–१० स्थित बिरोल र राजविराज–१५ को देउरीभरुवा गाउँमा पनि कटान गरेको छ । सो नदीको पानीको बहावले गाउँमा पानी पस्दा सप्तरीको दक्षिणी र पूर्वी भेगका राजविराज, बिरोल, डुमरी शिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनिया, तिलाठी लगायत स्थानका करिब ४०० घर डुबानमा परेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते