५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

नदीमा बेपत्ता यादव फेला परेनन्, खोजी जारी

२७ श्रावण २०७४, शुक्रबार ०४:०४

साउन २७, राजविराज । सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् । 

बेपत्ता भएका ६० वर्षीय यादवलाई उद्धार गर्नका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीको टोलीले आज बिहान पनि खोजी कार्य जारी राखेको बताइएको छ । पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले देउरी भरुवाको बाँध कटान गरिरहेको अवस्थामा बाँधलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीसँगै गएका यादव ढिस्कोमा पुरिएर बेपत्ता भएका थिए । 

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यका लागि घटनास्थलमा पुगेको थियो । 

त्यस्तै, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, गोदावरीबाट थप सुरक्षाकर्मी उद्धारका लागि मगाइएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । 

यस्तै, खाँडो नदीमा आएको बाढीले राजविराज–१० स्थित बिरोल र राजविराज–१५ को देउरीभरुवा गाउँमा पनि कटान गरेको छ । सो नदीको पानीको बहावले गाउँमा पानी पस्दा सप्तरीको दक्षिणी र पूर्वी भेगका राजविराज, बिरोल, डुमरी शिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनिया, तिलाठी लगायत स्थानका करिब ४०० घर डुबानमा परेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार