२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चन्दा सङ्कलन गरेर किरियाघर निर्माण

२०८२, २१ बैशाख आईतवार १६:३१

काठमाडौँ | बागलुङ बजारस्थित उपल्लाचौरका स्थानीयले चन्दा सङ्कलन गरी किरियाघर निर्माण गरेका छन् । दुःखद क्षण र काजकिरिया गर्न समस्या भएपछि बागलुङ नगरपालका–४ उपल्लाचौरका स्थानीयले सामुदायिक किरियाघर निर्माण गरेका हुन् ।

करिब रु २३ लाखको लागतमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन ठाउँमा पूजा गर्न, पिण्ड चढाउन मिल्ने सत्तल निर्माण गरिएको छ । यो भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फुर्त रूपमा चन्दा सङ्कलन गरिएको हो ।

सामुदायिक भवनबाट काजकिरिया गर्न सबैका लागि सहज बनाउने उद्देश्यले चन्दा सङ्कलनमार्फत किरियाघर निर्माण गरिएको समितिका अध्यक्ष हरिबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पु¥याउने उद्देश्यले किरियापुत्री बसेर सहज रूपमा आवश्यक कर्म गर्न सकुन् भनेर भवन निर्माण गरिएको हो ।

“उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न किरिया भवन निर्माण गरिएको हो”, अध्यक्ष जिसीले भन्नुभयो, “बागलुङ–४ वडा कार्यालयको रु एक लाख ३६ हजार र अन्य रु २१ लाख ६४ हजार चन्दा सङ्कलनमार्फत भवन निर्माण भएको छ । साथै दुई सय ८७ जनाले रु पाँच हजारका दरले सहयोग गर्नुभएको छ । केहीले रु एक हजार, दुई हजार पनि सहयोग गर्नुभएको छ ।”

स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ । विसं २०७७ मा निर्माण सुरु गरिएको भवन कोरोना महामारीका कारण रोकिएर अहिले सम्पन्न भएको हो । आर्थिक सामाजिक हिसाबले कमजोर भएका कोही पनि काजकिरिया गर्नबाट बञ्चित हुन नपरोस् भनेर भवन निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारी बताउनुभयो । उहाँका अनुसार उपल्लाचौरमा सहरीकरण बढ्दै गएपछि वडारचौरमा रहेका सत्तलमा किरिया गर्न नदिएपछि सामुदायिक भवन निर्माण गरिएको हो ।

उपल्लाचौरमा ग्राणीम क्षेत्र धम्जा, भीमापोखरा लगायतका क्षेत्रबाट आएर बसोबास गर्नेको सङ्ख्या धेरै छ । गाउँको जग्गा जमिन बिक्री गरेर आएकाहरूको गाउँ जाने ठाउँ पनि नभएपछि यो भवन प्रभावकारी विकल्प बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो