2026-11-01 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै

काठमाडौँ | जिल्लाको सुर्नया गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ । सुर्नया–५ पपितामा निर्माण भइरहेको अस्पताल हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको हो ।

सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले १० श्यया अस्पताल निर्माण तीव्र गतिमा भइरहेको बताउँदै ‘ए’ ब्लकमा तेस्रो तलाको छत ढलान गरी ‘बी’ ब्लकमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय अस्पताल निर्माण धमाधम भइरहेको छ । करिब ७० प्रतिशत काम सम्पन्न भइसकेकाले यथाशीघ्र सम्पन्न हुने विश्वास लिएका छौँ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नया पनि १० श्ययाको अस्पताल निर्माण भइरहेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु १४ करोडमा सिएम एसके शिवलिङ जेबीसँग विसं २०७८ मा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

निर्धारित समयसीमा सकिएपछि म्याद आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुर्नया गाउँपालिका सबइञ्जिनियर शेरबहादुर विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमा सहज र सुलभ रूपमा स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द