2026-10-28 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै

काठमाडौँ | जिल्लाको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । उन्नत गाईको दूधबाट मनग्ये आम्दानीका साथै किसानको फलफूल तथा तरकारी बगैँचामा गोबरबाट बनेको मल प्रयोग गर्नका लागि उन्नत जर्सी गाईपालन व्यवसाय अपनाइएको हो ।

डेढ दशकअघि मुस्ताङको जोमसोमलगायत आसपासका पर्यटकीय गाउँका होटल तथा रेष्टुरेन्टले सहरिया सिलबन्द गरिएका पाउडरको दूध प्रयोग गर्ने गथ्र्ये । जब मुस्ताङको स्याङ गाउँबाट उन्नत जर्सी गाईपालन सुरु भयो त्यसपछि भने यहाँ प्रयोग गरिने प्याकेटका पाउडरको दूध विस्थापित हुँदै जान थालेको स्थानीय बताउँछन् ।

अहिले मुस्ताङमा बजारिया पाउडरको दूध ९० प्रतिशत विस्थापित भइसकेको घरपझोङ–३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पाउडरको दूध विस्थापित हुनुको मुख्य कारण स्याङ गाउँको उन्नत जर्सी गाईपालन हो । गाउँमा सुरुआती चरणमा थकालीले उन्नत जर्सी गाईपालन सुरु गर्नुभएको थियो ।

हिमाली क्षेत्रमा परीक्षणका रूपमा गाईपालन सुरु गरेको बताउँदै यो व्यवसाय प्रभावकारी देखिन थालेपछि स्याउ गाउँका अन्य किसानले पछ्याउन थालेका वडाध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।

स्याङ गाउँका वडाध्यक्षले तत्कालीन समयमा उन्नत जर्सी गाईपालन जिल्लामा भित्र्याएपछि त्यसबेला साविक पशुसेवा कार्यालय र साविक जिल्ला विकास कार्यालयले दूध उत्पादनलाई बढाउने तथा प्रवर्द्धन गर्ने उद्देश्यले उन्नत जर्सी गाईपालन खरिदका लागि अनुदानका कार्यक्रम ल्याएको वडाध्यक्ष थकालीले स्मरण गर्नुभयो ।

परम्परागत हिमाली लुलु गाईले भन्दा उन्नत जर्सी गाईले मनग्ये दूध उत्पादन गर्ने भएकाले मुस्ताङका किसान उन्नत जर्सी गाईपालनतर्फ आकर्षित हुन थालेका वडाध्यक्ष थकालीले बताउनुभयो । “एक दशकअघि हिमाली उपआयोजनाले मुस्ताङमा उन्नत जर्सी गाईपालन कार्यक्रम ल्यायो । त्यससमय उक्त आयोजनाले जिल्लाका किसानलाई ८० प्रतिशत अनुदानमा उन्नत जर्सी गाईपालन गर्न प्रोत्साहित ग¥यो । त्यसपछि भने यहाँ उन्नत पालन व्यवसाय झाङ्गिँदै गएको हो”, उहाँलेभन्नुभयो ।

स्याङ गाउँमा उन्नत गाईपालनसँगै मुस्ताङ डेरी उद्योगसमेत स्थापना भएको छ । सहकारीमार्फत अनुदान पाएका किसानले उन्नत गाईको दूध डेरी उद्योगमा लगेर बिक्री गर्न पाउने भएका छन् । कतिपय किसानले डेरीमा बिक्री नगरी मोटरसाइकलमार्फत घरघरमा पुर्‍याउने गर्छन् । स्याङमा अहिले ४० घरधुरीले एक सयभन्दा बढी उन्नत जर्सी गाईपालन गरेका वडाध्यक्ष थकालीले जानकारी दिनुभयो । उहाँ मुस्ताङमा उन्नत जर्सी गाईपालन गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

वडाध्यक्ष थकालीले स्याङ गाउँ कृषिमा आधारित गाउँ भएकाले दूध बिक्री गर्न र गाईको मलमुत्र खेतबारीमा प्रयोग गर्न निकै सजिलो भएको बताउनुभयो । स्याङ गाउँमा अहिले दैनिक चार सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

घरपझोङ–३ स्याङका स्थानीय निमा फन्चोक गुरुङले चार वटा उन्नत जर्सी गाईपालन गर्नुभएको छ । दश वर्षअघि ११ वटा गाई र एउटा गोरुबाट पशुपालन व्यवसाय सुरु गर्नुभएका गुरुङले अहिले दूधको बजारमा प्रतिस्पर्धा भएको, पशु आहारा र घाँसको मूल्य वृद्धि भएकाले सङ्ख्या घटाएको बताउनुभयो ।

दूधको मूल्य वृद्धि हुन नसकेको तर दाना र घाँसको मूल्य महँगो भएकाले कृषि प्रयोजनका लागि मात्रै गाईपालन गरिरहेको गुरुङले बताउनुभयो । “पहिले दूध बिक्री गर्दा मनग्ये आम्दानी हुन्थ्यो, अहिले गाउँमा उत्पादन बढी हुँदा आम्दानीको स्रोत खुम्चिएको छ”, गुरुङले भन्नुभयो, “फलफूल बगैँचा र तरकारी बारीमा मल चाहिने भएकाले गाईपालनलाई निरन्तरता दिँदै आइरहेको छु ।” सुरुआती चरणमा ११ गाईबाट तीन सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने गरेकामा अहिले दैनिक ४० लिटर मात्रै बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

बर्खायाममा दूधको माग अत्यधिक हुने गरेको भएपनि किसानमा समन्वय नहुँदा मूल्य वृद्धि हुन नसकेको गाईपालक कृषक जीवन थकालीले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको स्याङ गाउँबाट सुरु भएको उन्नत गाईपालन अहिले फैलिँदै जिल्लाको ठिनी, मार्फा, टुकुचे र कागबेनीसम्म पुगेको छ ।

पर्यटकीययामबाहेक हिउँदको तीन महिना उन्नत गाईको दूध बिक्री गर्न समस्या हुने गरेको किसान बताउँछन् । हिउँदयाममा पर्यटकको उपस्थिति कम हुने र जिल्लाका नागरिक बेँसी झर्ने भएकाले दूधको खपत कम हुने गरेको स्थानीय गाईपालकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला