2026-11-01 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको स्कुलको बसमा आगलागी

बुटवल । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ ।

शुद्धोधन गाउँपालिका-४ मा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगो लागेको हो । बसमा करिब ४० जना विद्यार्थी रहेका थिए । उक्त बसमा रहेका विद्यार्थीहरु भने सकुशल रहेका छन् ।

आगो लागेलगत्तै उनीहरुलाई चालक र सहचालकले बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

‘घर-घरबाट विद्यार्थी चढाएर विद्यालय नजिक पुगेको बसमा अचानक धुवाँ सहित आगो लागेको थियो, लगत्तै चालक, सहचालक र स्थानीयले विद्यार्थीलाई बस बाहिर निकालेर मानवीय क्षति हुनबाट रोके’,  ।

बसको यान्त्रिक खराबीका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले जानकारी दिए  ।

बसमा लागेको आगो दमकलले निभाएको थियो । आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस भने पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द