३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

घरबाट लुगा किनिदिन्छु भनेर लिने,लिएर गएपछी भारत पुर्‍याएर बेच्ने काम गर्थिन

२९ बैशाख २०८२, सोमबार १३:२८

काठमाडौँ । पर्सा प्रहरीले वीरगंन्ज महानगरपालिका वडा-१६ नगवाकी २० वर्षीया आलिया खातुनलाई शनिबार पक्राउ गर्‍यो। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको थियो।

उनलाई सोही वडामा बस्ने १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रले जानकारी दिए।

उनलाई पक्राउ गरी प्रहरीले अुनसन्धान सुरू गरिसकेको छ। अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ।। प्रारम्भिक अनुसन्धानबाट खातुनले बालिकालाई वैशाख २१ गते लुगा किनिदिन्छु भनेर लिएर गएको खुलेको छ। आफूले पहिलेदेखि नै बालिकालाई निगरानी गरिरहेको र नजिक हुने प्रयास गरिरहेको खातुनले बताएकी छन्। ‘एक साताजति घुलमिल भएको थिएँ,’ उनले प्रहरीलाई भनेकी छन्, ‘वैशाख २१ गते बालिकालाई नयाँ लुगा किनिदिन्छु भनेर घरबाट लिएर गएँ।’

चिनजान भएका कारण बालिकाले उनीसँग जान नहिचकिचाएको पनि प्रहरीले बताएको छ। सुरूमा खातुनले ती बालिकालाई आफ्नो घरमा लिएर गएकी थिइन्। तर त्यहाँ एक रात पनि नराखी भारतको बिहार रक्सौलको एउटा होटलमा पुर्‍याएको बताएकी छन्। त्यहाँ पुर्‍याएर चार दिनसम्म एकै होटेलमा राखेर यौन व्यवसायमा लगाएको खातुनले स्वीकार गरेकी छन्।

‘बालिकालाई यौन व्यवसायमा लगाएवापत प्रतिव्यक्तिबाट ५ हजार भारू लिने गरेको प्रहरीलाई बताएकी छन्,’ एसपी मिश्रले भने। बालिकाको परिवारले भने उनी हराएको प्रहरीमा निवेदन दिएका थिए। सोही आधारमा अनुसन्धान गर्दै जाँदा बालिकालाई २७ गते राति २ बजे लाई बिहारबाट उद्धार गरेको एसपी मिश्रले जानकारी दिए। बालिकालाई उद्धार गरेपछि खातुनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले बालिकाहरूलाई यस अघि पनि प्रलोभनमा पारेर बेचेको बताएकी छन्।

त्यसैले उनीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान थालिएको छ। खातुनविरूद्ध एक वर्षअघि अभद्र मुद्दामा कानुनी कारबाही समेत रेकर्डमा भेटिएको एसपी मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली