2026-09-02 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘वालमैत्री विद्यालयमा सजाएँ दश थप्पड’

प्रेम सुनार/भदौं १, गुल्मी । केहि दिन अघि गुल्मीको मुसिकोटमा शिक्षक र अभिभावक विच भएको कुटपिट घटनाको नयाँ खुलासा भएको छ । 

वालमैत्री विद्यालय भनिएको मुसिकोट ४ को दिगामचौर प्राथामिक विद्यालयमा विद्यार्थीले कुनै गल्ती गरे वापत शिक्षकले नै अर्को विद्यार्थीलाई दश थप्पड गालामा हान्न लगाउने सजाएँ तोक्ने गरेको विरुद्ध शिक्षक र अभिभावक विच कुटपिट भएको खुलासा भएको हो ।

साउन २६ गतेका दिन शिक्षक विक्रम लिम्वुले कक्षा ५ की १२ वर्षिया विद्यार्थी वसन्ती रानाले कक्षा कोठामा खेले वापत अर्की विद्यार्थी सृष्टी रानालाई दश थप्पड  गालामा हान्न लगाए पछि त्यसको दोश्रो दिन उनका मामा राजेन्द्र राना र शिक्षक लिम्वु विच कुटाकुट भएको बताईएको छ । 

साउन २७ गते बसन्तीका मामा रानाको पसलमा शिक्षक लिम्वु गई तपाई मलाई कुट्छु भन्नु भा’छ रे हो ? भन्दै बाहिर निस्कन चुनौती दिए पछि दुबै विच कुटाकुट भएको दुबैले स्वीकार गरेका छन् ।

शिक्षक लिम्वु त्यस गाउँमा एक्लो समुदायको भएका कारण हेपिएको दावी गरेका छन् भने शिक्षक  लिम्वु मार्शल आर्टका खेलाडी समेत रहेकोले दादगिरी मच्चाईएको आरोप राना पक्षले लगाएका छन् । 

त्यहाँका अभिभावकहरुले वालमैत्री भनिएको त्यस विद्यालयमा  विद्यार्थीले कुनै गल्ती गरे वापत दश थप्पड सजाएँ  शिक्षकले नै तोक्नु निन्दनीय भएको बताएका छन् । उक्त दिन वसन्ती कक्षा कोठामा खेलेको बेला विक्रम सरले देखेर उनलाई दश थप्पड गालामा हान्न लगाएकोले आफुले हानेको सृष्टीले बताएकी छन् ।

वालमैत्री विद्यालय भनिएको उक्त विद्यालयमा शिक्षकले नै दश थप्पड सजाएँ तोक्दै आएको र वेला वेलामा कुटाई खाँदै आएको त्यहाँका विद्यार्थीहरुले गुनासो गरेका छन् । यस सम्बन्धमा जिल्ला शिक्षा मित्रमणी खनाल संग सम्पर्क राख्दा उनले वालमैत्री विद्यालयमा विद्यार्थीलाई कुटपिट सजाएँ तोकेको विषय प्रति गम्भीर ध्यानकृष्ट भएको बताए । 

उता शिक्षकले पनि कुटाई खाएको भन्ने जानकारी आएको छ जिल्ला शिक्षा अधिकारी खनालले भने त्यसको अघिल्लो दिन अर्की विद्यार्थीलाई लगाएर दश थप्पड सजाएँ तोकेर कुट्न लगाएको दुवै घटना प्रति गम्भीर ध्यानकृष्ट भएको छ , छानविन गर्दैछौं । ’

उक्त घटनाले अर्कै रुप लिन सक्ने देखेर शिक्षक लिम्वु नै पहिलै आएर जिल्ला प्रहरी कार्यालयमा आफु अभिभावकबाट कुटिएको भन्दै उजुरी दिएको अभिभावक पक्षको आरोप छ । 

शिक्षक लिम्वुले भने आफु त्यस गाउँमा एक मात्र लिम्वु समुदायको व्यक्ति भएकोले निजी श्रोतको शिक्षक जागीरमा बस्न आफुलाई नदिने षडयन्त्र हुँदै आएकोले आफुलाई कुटपिट गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली