2026-11-02 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा ८ जना विद्यार्थी विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता

पूर्णप्रसाद न्यौपाने/भदौ ६, ओखलढुंगा । ओखलढुंगामा ८ जना विद्यार्थी विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता भएको छ । 

विद्यालयमा आपसी झगडा गरेका विद्यार्थीलाई प्रहरीले पक्राउगरी सार्वजनिक मुद्धा चलाएको हो । सदरमुकाम स्थित सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आईतबार आसपमा झगडा गरेपछि विद्यालय प्रशासनले प्रहरी बोलाएको थियो । 

विद्यालयले दिएको निवेदनका आधारमा विद्यालयबाट नियन्त्रणमा लिईएका विद्यार्थीहरुलाई आईतबार नै म्याद थप गरी सार्वजनिक अपराधको मुद्धा चलाईएको निमीक्त प्रहरी प्रमुख टिका कार्कीले बताउनुभयो । 

थप अनुसन्धान भईरहेको उहाँको भनाई छ । विद्यालयमा साथीसाथी बिचको सामान्य विवादका क्रममा प्रहरीको हिरासतमा पुगेर सार्वजनिक अपराधको मुद्धा खेप्ने विद्यार्थीहरुमा मानेभञ्ज्याङ गाउँपालिका ४ का रेन्जिङ लामा,सम्शेर तामाङ, आकाश तामाङ, जिवन तामाङ, नविन तामाङ, नविन कुमार तामाङ,सिद्धिचरण नगरपालिका ११ का सुजन राई र निरज राई रहेका छन् । 

मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुके र सिद्धिचरण नगरपालिका ११ सोब्रुटोलका विद्यार्थीहरु बिच गत शुक्रबार देखि नै विवाद हुँदै आएको थियो । शुक्रबार भएको विवाद समाधान गर्न नसक्दा आईतबार अर्को घटना भएको विद्यार्थीहरु बताउँछन् ।

अभिभावक आक्रोशित

पढ्न आएका विद्यार्थी विरुद्ध विद्यालयले प्रहरीमा उजुरी गरेर मुद्धा चलाएको भन्दै अभिभावकहरु आक्रोशित भएका छन् । विद्यार्थीबिच भएको सामान्य विवाद समाधानका लागि पहल नै नगरि प्रहरीमा उजुरी गरेर मुद्धा चलाउनु दुखद् भएको अभिभावक चित्र तामाङले बताउनुभयो । 

‘यो विश्वमै पहिलो घटना होला,कुनै विद्यालयले आफ्ना विद्यार्थी झगडा गरे भनेर प्रहरी हिरासतमा पठाएर मुद्धा चलाएको’उहाँले भन्नुभयो‘विद्यार्थीको चरित्र असल नभए विद्यालयबाट हटाउने वा अभिभावकलाई बुझाउने चलन छ तर यहाँ सिधै अपराधी जस्तो प्रहरीमा पठाएर मुद्धा लगाईयो यो गलत भयो ।’ विद्यालय प्रशासनले विद्यार्थीहरु बिच विवाद समाधानका लागि पहल समेत नगरेको र अभिभावकलाई जानकारी समेत नगराई विद्यार्थी विरुद्ध मुद्धा दिएको अभिभावकहरुको आरोप छ । 

आसपमा झगडा गरेर शैक्षिक वातावरण विगारेको भन्दै उनिहरुलाई आवश्यक कारबाहि गर्न विद्यालयले लेटरप्याडमै निवेदन लेखेर प्रहरीलाई दिएको थियो । पढ्न विद्यालय आएका विद्यार्थी प्रहरीलाई बुझाउने विद्यालय विरुद्ध आक्रोशित अभिभावकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सुरक्षाका लागि प्रहरी बोलाईएको: प्रअ 

यस विषयमा सगरमाथा जनता माध्यमिक विद्यालयका प्राचार्य सुमन राजभण्डारीले ठुलो दुर्घटना हुनबाट बचाउन प्रहरी बोलाउनु परेको बताउनुभयो । विवाद नगर्न पटक पटक आग्रह गरेको भएपनि अटेर गरेर उल्टै शिक्षक र प्रअलाई नै दुव्र्यवहार गरेपछि सुरक्षाका लागि प्रहरी बोलाएको उहाँको भनाई छ । ‘सम्झाउँदा मानेनन् र विद्यालयमै मारामार गर्ने स्थिती आएपछि प्रहरी बोलाउन बाध्य भईयो’ भिजनसँग उहाँले भन्नुभयो ‘ विद्यार्थी अनुशासीत नभएकाले समस्या उत्पन्न भएको हो,हामीले विद्यार्थी विरुद्ध मुद्धा चलाउन भनेका छैनौं ।’ 

गाँजा र मदिरा सेवन गरेर विद्यालय आएका विद्यार्थीहरुले रड प्रयोग गरेर आक्रमण गर्ने तयारी गरेपछि प्रहरीलाई खबर गरिएको प्रअ राजभण्डारीको भनाई छ । उता प्रहरीले भने सार्वजनिक स्थलमा झै झगडा गर्नु कानुन विपरीत भएको भन्दै मुद्धा चलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द