२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा ८ जना विद्यार्थी विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता

२०७४, ६ भाद्र मंगलवार ०२:४६

पूर्णप्रसाद न्यौपाने/भदौ ६, ओखलढुंगा । ओखलढुंगामा ८ जना विद्यार्थी विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता भएको छ । 

विद्यालयमा आपसी झगडा गरेका विद्यार्थीलाई प्रहरीले पक्राउगरी सार्वजनिक मुद्धा चलाएको हो । सदरमुकाम स्थित सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आईतबार आसपमा झगडा गरेपछि विद्यालय प्रशासनले प्रहरी बोलाएको थियो । 

विद्यालयले दिएको निवेदनका आधारमा विद्यालयबाट नियन्त्रणमा लिईएका विद्यार्थीहरुलाई आईतबार नै म्याद थप गरी सार्वजनिक अपराधको मुद्धा चलाईएको निमीक्त प्रहरी प्रमुख टिका कार्कीले बताउनुभयो । 

थप अनुसन्धान भईरहेको उहाँको भनाई छ । विद्यालयमा साथीसाथी बिचको सामान्य विवादका क्रममा प्रहरीको हिरासतमा पुगेर सार्वजनिक अपराधको मुद्धा खेप्ने विद्यार्थीहरुमा मानेभञ्ज्याङ गाउँपालिका ४ का रेन्जिङ लामा,सम्शेर तामाङ, आकाश तामाङ, जिवन तामाङ, नविन तामाङ, नविन कुमार तामाङ,सिद्धिचरण नगरपालिका ११ का सुजन राई र निरज राई रहेका छन् । 

मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुके र सिद्धिचरण नगरपालिका ११ सोब्रुटोलका विद्यार्थीहरु बिच गत शुक्रबार देखि नै विवाद हुँदै आएको थियो । शुक्रबार भएको विवाद समाधान गर्न नसक्दा आईतबार अर्को घटना भएको विद्यार्थीहरु बताउँछन् ।

अभिभावक आक्रोशित

पढ्न आएका विद्यार्थी विरुद्ध विद्यालयले प्रहरीमा उजुरी गरेर मुद्धा चलाएको भन्दै अभिभावकहरु आक्रोशित भएका छन् । विद्यार्थीबिच भएको सामान्य विवाद समाधानका लागि पहल नै नगरि प्रहरीमा उजुरी गरेर मुद्धा चलाउनु दुखद् भएको अभिभावक चित्र तामाङले बताउनुभयो । 

‘यो विश्वमै पहिलो घटना होला,कुनै विद्यालयले आफ्ना विद्यार्थी झगडा गरे भनेर प्रहरी हिरासतमा पठाएर मुद्धा चलाएको’उहाँले भन्नुभयो‘विद्यार्थीको चरित्र असल नभए विद्यालयबाट हटाउने वा अभिभावकलाई बुझाउने चलन छ तर यहाँ सिधै अपराधी जस्तो प्रहरीमा पठाएर मुद्धा लगाईयो यो गलत भयो ।’ विद्यालय प्रशासनले विद्यार्थीहरु बिच विवाद समाधानका लागि पहल समेत नगरेको र अभिभावकलाई जानकारी समेत नगराई विद्यार्थी विरुद्ध मुद्धा दिएको अभिभावकहरुको आरोप छ । 

आसपमा झगडा गरेर शैक्षिक वातावरण विगारेको भन्दै उनिहरुलाई आवश्यक कारबाहि गर्न विद्यालयले लेटरप्याडमै निवेदन लेखेर प्रहरीलाई दिएको थियो । पढ्न विद्यालय आएका विद्यार्थी प्रहरीलाई बुझाउने विद्यालय विरुद्ध आक्रोशित अभिभावकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सुरक्षाका लागि प्रहरी बोलाईएको: प्रअ 

यस विषयमा सगरमाथा जनता माध्यमिक विद्यालयका प्राचार्य सुमन राजभण्डारीले ठुलो दुर्घटना हुनबाट बचाउन प्रहरी बोलाउनु परेको बताउनुभयो । विवाद नगर्न पटक पटक आग्रह गरेको भएपनि अटेर गरेर उल्टै शिक्षक र प्रअलाई नै दुव्र्यवहार गरेपछि सुरक्षाका लागि प्रहरी बोलाएको उहाँको भनाई छ । ‘सम्झाउँदा मानेनन् र विद्यालयमै मारामार गर्ने स्थिती आएपछि प्रहरी बोलाउन बाध्य भईयो’ भिजनसँग उहाँले भन्नुभयो ‘ विद्यार्थी अनुशासीत नभएकाले समस्या उत्पन्न भएको हो,हामीले विद्यार्थी विरुद्ध मुद्धा चलाउन भनेका छैनौं ।’ 

गाँजा र मदिरा सेवन गरेर विद्यालय आएका विद्यार्थीहरुले रड प्रयोग गरेर आक्रमण गर्ने तयारी गरेपछि प्रहरीलाई खबर गरिएको प्रअ राजभण्डारीको भनाई छ । उता प्रहरीले भने सार्वजनिक स्थलमा झै झगडा गर्नु कानुन विपरीत भएको भन्दै मुद्धा चलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते