११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फालेलुङमा एकीकृत बस्ती निर्माण गरिने

७ भाद्र २०७४, बुधबार ०३:५७

भदौ ७, पाँचथर । पहिरोबाट प्रभावित पाँचथरको फालेलुङ गाउँपालिका, वडा नम्बर ३ मा अब एकीकृत बस्ती निर्माण गरिने भएको छ । 

सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भन्दै एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो । 

जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले फालेलुङ–३ को खोलाघारी, खोलागाउँ, विकटे, माङलेबुङका पहिरोबाट विस्थापित भएका ११३ परिवारका लागि एकीकृत बस्ती बसाउने निर्णय गरेको हो । 

अहिले पनि वर्षात् नरोकिएको हुँदा त्यस भेगका स्थानीय छिमेकीको घर तथा विद्यालयको प्रांगणमा बस्न बाध्य छन् । अहिलेसम्म त्यस भेगका ७२ परिवारले मात्रै राहत पाएको स्थानीय बताउँछन् । अझै ४१ परिवारले राहत पाउन सकेका छ्रैनन् । त्यस क्षेत्रमा जिल्ला दैविप्रकोप उद्धार समिति र केन्द्रीय दैविप्रकोप उद्धार समितिबाट आगामी सोमबार संयुक्तरुपमा लगेर राहत वितरण गरिँदैछ । 

अविरल वर्षात्कै कारण गत साउन २७ गते फालेलुङ गाउँपालिका वडा नम्बर १, ३ र ४ मा पहिरोले किचेर दुईजनाको मृत्यु भयो भने दुईजना अहिले पनि बेपत्ता छन् । 

वडा नम्बर १ का त्रिलोचन विक र वडा नम्बर ३ का विष्णुभक्त राईकी नातिनी प्रियाको शव भेटिए पनि अहिलेसम्म विष्णुभक्त राई र उनकी छोरी गंगाको भने शव भेटिएको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु