2026-10-28 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा दुई सातादेखि अवरुद्ध विद्युत् सुचारु

भदौ ७, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेको विद्युत् आज बिहानदेखि सुचारु भएको छ । 

अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो । 

एक सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् स्थानीय परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीटक्सारद्वारा सञ्चालनमा आइरहेको थियो । विद्युत् सेवा अवरुद्ध बनेपछि त्यस क्षेत्रका एक हजार ८०० भन्दा बढी घरधुरीका उपभोक्ता लामो समयसम्म अध्यारोमा बस्न वाध्य भएका थिए । 

लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको बामी टक्सारलगायत त्यस वरिपरीका बासिन्दाले मोबाइल चार्ज गर्नसमेत पाएका थिएनन् ।

विद्युत् बन्द भएसँगै नेपाल टेलिकमको जिएसएम, सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्सलगायत एडिएसएल सेवासमेत ठप्प भएको थियो । दुई सातापछ्रि विद्युत् सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला निकै खुसी बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था