पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ७, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेको विद्युत् आज बिहानदेखि सुचारु भएको छ ।

अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।

एक सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् स्थानीय परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीटक्सारद्वारा सञ्चालनमा आइरहेको थियो । विद्युत् सेवा अवरुद्ध बनेपछि त्यस क्षेत्रका एक हजार ८०० भन्दा बढी घरधुरीका उपभोक्ता लामो समयसम्म अध्यारोमा बस्न वाध्य भएका थिए ।

लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको बामी टक्सारलगायत त्यस वरिपरीका बासिन्दाले मोबाइल चार्ज गर्नसमेत पाएका थिएनन् ।

विद्युत् बन्द भएसँगै नेपाल टेलिकमको जिएसएम, सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्सलगायत एडिएसएल सेवासमेत ठप्प भएको थियो । दुई सातापछ्रि विद्युत् सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला निकै खुसी बनेका छन् । रासस