2026-11-02 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा सर्पको बिगबिगी

भदौ ७, राजविराज । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । 

पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ । 

खासगरी बाढी प्रभावित जिल्लाको रम्पुरा मल्हनिया, सकरपुरा, मैनाकडेरी, तिलाठीलगायतका ठाउँमा सर्पको बिगबिगी बढेको हनुमानर कंकालनी नगरपालिका–१४ बस्ने चन्दन यादवले बताउनुभयो । सो क्षेत्रलगायत जिल्लाको अधिकांश ठाउँमा पनि सर्पले टोक्ने गरेकाले अस्पतालमा पनि दैनिक सर्पदंशकै बिरामी उपचारका लागि आउने गरेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । 

जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना सर्पदंशको बिरामी आउने गरेका छन् । लगातारको वर्षाका कारण सर्पको बिगबिगी बढेपछि अहिले पछिल्लो तीन–चार दिनदेखि सर्पले टोकेका बिरामी दिनहँु अस्पतालमा भर्ना हुने गरेकाले श्ययाको समेत अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । 

घरसहित सर्वस्व गुमाएपछि छाक टार्न समस्या परेको परिस्थितिमा सर्पबाट सताइएपछि बिरामी बोकेर अस्पतालसम्म पु¥याउन पनि कठिन भएको बाढीपीडितले बताएका छन् । प्रायजसो फुसको घरको धुरीमा बस्ने करेत सर्पको बिगबिगी बढेपछि स्थानीयवासी भयभित हुनाका साथै रात काट्न पनि कठिन भएको तिलाठी निवासी निरजकुमार झा (मुक्ति)ले बताउनुभयो । 

अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायतका विषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–४ का सञ्जय चौधरीले बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालयले सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम पर्याप्त रहेको जानाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द