Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सप्तरीमा सर्पको बिगबिगी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ७, राजविराज । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ ।

पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ ।

खासगरी बाढी प्रभावित जिल्लाको रम्पुरा मल्हनिया, सकरपुरा, मैनाकडेरी, तिलाठीलगायतका ठाउँमा सर्पको बिगबिगी बढेको हनुमानर कंकालनी नगरपालिका–१४ बस्ने चन्दन यादवले बताउनुभयो । सो क्षेत्रलगायत जिल्लाको अधिकांश ठाउँमा पनि सर्पले टोक्ने गरेकाले अस्पतालमा पनि दैनिक सर्पदंशकै बिरामी उपचारका लागि आउने गरेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ ।

जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना सर्पदंशको बिरामी आउने गरेका छन् । लगातारको वर्षाका कारण सर्पको बिगबिगी बढेपछि अहिले पछिल्लो तीन–चार दिनदेखि सर्पले टोकेका बिरामी दिनहँु अस्पतालमा भर्ना हुने गरेकाले श्ययाको समेत अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।

घरसहित सर्वस्व गुमाएपछि छाक टार्न समस्या परेको परिस्थितिमा सर्पबाट सताइएपछि बिरामी बोकेर अस्पतालसम्म पु¥याउन पनि कठिन भएको बाढीपीडितले बताएका छन् । प्रायजसो फुसको घरको धुरीमा बस्ने करेत सर्पको बिगबिगी बढेपछि स्थानीयवासी भयभित हुनाका साथै रात काट्न पनि कठिन भएको तिलाठी निवासी निरजकुमार झा (मुक्ति)ले बताउनुभयो ।

अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायतका विषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–४ का सञ्जय चौधरीले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम पर्याप्त रहेको जानाएको छ । रासस