२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पनौती सङ्ग्रहालयमा विदेशी अवलोकर्ताको आगमन बढ्दै

१२ जेष्ठ २०८२, आईतवार १५:००

काठमाडौँ | ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीस्थित सङ्ग्रहालयमा विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउने सामग्री एवं पहिचान भण्डारका रूपमा स्थापित सङ्ग्रहालयमा पछिल्लो समय विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको हो ।

पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एक मात्र सङ्ग्रहालय हो । विगत एक वर्षमा तीन हजार ५०० विदेशी अवलोकर्ताले सङ्ग्रहालयको अवलोकन गरेका जनाइएको छ ।

करिब चार हजार ५०० अवलोकनकर्तामध्ये तीन हजार ५०० विदेशी रहेका सङ्ग्रहालयका प्रमुख राजेन्द्र महाजुले जानकारी दिनुभयो । उहाँका अनुसार पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसीवस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् ।

विसं २०६७ मा पनौती नगर कार्यालयले सञ्चालनमा ल्याएको यस सङ्ग्रहालयमा जिल्ला तथा विशेषगरी पनौतीका पुराना र ऐतिहासिक वस्तुको संरक्षण गरिएको महाजुले बताउनुभयो । “सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । स्थानीयको सक्रियतामा नगर कार्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याइएको सङ्ग्रहालयमा मल्लकालीन, शाहकालीन समयका मूर्ति, काष्ठकलाका नमूना, विभिन्न पहिरन तथा पुराना हातहतियार राखिएका छन्”, उहाँले भन्नुभयो ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य एवं पवित्र धार्मिकस्थल भएकाले यहाँको महत्त्व बढ्दै गएको प्रमुख महाजुले बताउनुभयो । यहाँ स्मारक समिति बनाएर सङ्ग्रहालय सञ्चालनमा ल्याइएको थियो । सङ्ग्रहालयमा हस्तकलाका सामग्री पनि राखिएका छन् । इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने अधिकांश आन्तरिक तथा बाहिरी पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्छन् ।

महाजुका अनुसार विदेशी पर्यटकको आगमन गत वर्ष मात्र नभई केही वर्षदेखि बढ्दै गएको हो । पुरातत्व विभागको मापदण्डअनुसार सञ्चालित सङ्ग्रहालयमा पुराना सामग्री भए प्रदर्शनका लागि स्थानीयलाई उपलब्ध गराउन नगर कार्यालयले आग्रह गर्दै आएको छ ।

धार्मिक एवं ऐतिहासिक नगरी पनौतीस्थित त्रिवेणीघाट र स्नान गर्ने ठाउँको पनि आ–आफ्नै महत्त्व रहँदै आएको छ । पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन नगर कार्यालयले पहल गरिरहेको छ ।

“यसको महत्त्व बुझेका सबैजसो पर्यटक यहाँ आउँछन्”, महाजुले भन्नुभयो । उहाँका अनुसार विभिन्न स्थानबाट सङ्ग्रहालयमा अवलोकन गर्न बर्सेनि सयौँको सङ्ख्यामा विद्यार्थी आउने गर्छन् । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी, स्वदेशी पर्यटक र विद्यार्थीलाई फरकफरक शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली