2026-09-15 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारी

काठमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वाटरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ । हेडक्वाटरले आजदेखि पनौतीबाट उक्त अभ्यास गराउन थालेको हो ।

प्रहरीले पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई आजदेखि विपद् स्वयसेवक आधारभूत तालिम र विपद् सूचकसम्वन्धी अभ्यास गराउन सुरू गरेको हो । अभ्यासको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शुभारम्भ गर्दै हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपदपछिका अवस्था, विपद् आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताउनुभयो ।

प्रजिअ ढकालले भन्नुभयो, “सुरक्षाकर्मी पुग्न नसक्ने अवस्थामा स्थानीयस्तरमा रहेका स्वंयसेवकले विपद्पछिको अवस्थामा समन्वयात्मक भूमिकाको कार्य गर्न सक्छन्, यसबाट ठूलो क्षतिबाट बचाउन पनि सकिन्छ ।” कार्यक्रममा नगर उपप्रमुख गिता बञ्जाराले गत वर्षको असोज १०–१२ पछिको विपद्ले सिकाएको पाठ, भूकम्प तथा चट्याङ र गत वैशाखको वर्षाका कारण पु¥याएको क्षतिपछिको अवस्थाका बारेमा जानकारी गराउँदै सचेत रहन आग्रह गर्नुभयो ।

सो अवसरमा हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले तालिमको उद्देश्यबारे प्रष्ट्याउँदै विपद्लगत्तैको प्रतिकार्यका लागि स्वयंसेवकलाई तालिमले सहजता दिलाउने बताउनुभयो । उहाँले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तालिम प्रदान गर्दै जाने जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालन हुने तालिममा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको प्राविधिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु