2026-09-11 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्थानीय जातको बीउ संरक्षण गर्दै सहकारी संस्था

काठमाडौँ । राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने (परम्परागत) जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ ।

एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय परम्परागत जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो ।

“हामीले १० वर्षदेखि जिल्लामा उत्पादन हुने खाद्यबालीको बीउ उत्पादन गरी वितरण गर्दै आएपछि किसानलाई बीउ जोगाएर राख्नुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “हामीले कृषि अनुसन्धान केन्द्र खजुराबाट सिफारिस स्थानीय परम्परागत जातको गुणस्तरीय बीउ उत्पादन गरी वितरण गर्न थालेपछि किसानलाई ठूलो राहत भएको छ ।”

सहकारीले यतिबेला स्थानीय रैथाने जातको धानको बीउ धमाधम बिक्री गर्दै आएको छ । सहकारीले यो वर्ष किसानलाई राधा–४ र रामधान नाम गरेको स्थानीय रैथाने जातको धान बिक्री गरिरहेको छ । साकार कृषि सहकारी संस्थाका आठ हजार बढी सेयर सदस्य छन् ।

हालसम्म राप्ती सोनारी गाउँपालिकालाई चार सय ४७ क्विन्टल, बैजनाथ गाउँपालिकालाई एक सय ५० क्विन्टल र फुटकर रूपमा किसान तथा एग्रोभेट व्यवसायीलाई धानको बीउ बिक्री वितरण गरिरहेको मुख्य व्यवस्थापक वलीको भनाइ छ ।

उहाँका अनुसार यस वर्ष साकार कृषि सहकारीले ११ सय क्विन्टल धानको बीउ बिक्री वितरण गर्ने लक्ष्य लिएको छ । गत वर्ष एक हजार पाँच सय क्विन्टल धानको बीउ बिक्री गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष धानको बीउ केही कम उत्पादन भएको छ ।

साकार कृषि सहकारीले धानसँगै किसानलाई आवश्यक पर्ने स्थानीय रैथाने जातको मकै, गहुँ, मसुरो र तोरीको बीउ पनि उत्पादन गरेर किसानलाई बिक्री गर्दै आएको संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

“किसानलाई आवश्यक पर्ने सबै बालीको गुणस्तरीय बीउ उत्पादन गरेर किसानलाई बिक्री गर्ने र किसानको उत्पादन खरिद गरेर बजारीकरणसमेत गर्ने गरेका छौँ”, अध्यक्ष वलीले भन्नुभयो, “किसानलाई सहज र सुलभ तरिकाले बीउ बिक्री गर्नुका साथै स्थानीय रैथाने जातको बीउको संरक्षण गर्ने पनि हाम्रो उद्देश्य छ ।”

संस्थाको राप्ती सोनारी–५ बिनौनामा रहेको गोदामघरमा बीउ उत्पादन र भण्डारण हुँदै आएको छ । गोदामघर साँघुरो भएकाले आधुनिक गोदामघर निर्माणका लागि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोगको लागि आग्रह गरिएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

“स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय किसानलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ’, सहकारीका व्यवस्थापक भरत केसीले भन्नुभयो, “किसानले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

उहाँका अनुसार, स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहन सक्ने र डुबान भएमा समेत थोरै मात्र नोक्सानी हुने भएकाले धेरै टाढाबाट पनि यही जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेका छन् । सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान अशोक चौधरीले बताउनुभयो । सहकारीले बीउ उत्पादन गरी सरल र सुलभ तरिकाले बिक्री गर्न थाले पनि किसानलाई बीउ जोगाएर राख्नुपर्ने बाध्यता अहिले हटेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस