डम्बर राई। भदौ ९,कञ्चनपुर (सप्तरी) । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डम्बर राई। भदौ ९,कञ्चनपुर (सप्तरी) । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर ज"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

तेह्र दिनदेखि पालमुनि कष्टकर जीवन बिताउँदै बाढीपीडित

२०७४, ९ भाद्र शुक्रबार ०६:२४

डम्बर राई। भदौ ९, सप्तरी । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । 

उनीहरु बसेको स्थलभन्दा सय मिटरको दूरीमै निःसन्तान दम्पती ८० वर्षीय विन्देश्वर सदा पत्नी किसनी देवीसहित बाँसमा त्रिपाल झुण्ड्याई रात बिताउने गरेको बिहीबार १३ दिन पुगेको छ । 

ऐलानी जग्गामा बनाएको दुवैको सानो झुप्रो साउन २७ गते आएको बाढीले बढा¥यो । बाढीले केही बचेन । बचेको छ त केवल ज्यान मात्रै । बाढीले ती बस्तीमा रहेका ३० परिवारको घर डुबानमा परेको थियो जसमध्ये कमल र विन्देश्वरको घर नै बगायो भने २८ परिवारका घर डुबानमा परेका थिए । 

वर्षा केही मत्थर हुँदै गएपछि ती बस्तीका २८ परिवार घर फर्की जसोतसो गुजारा गर्दै आएपनि घर नहुँदा कमल र विन्देश्वर भने अहिले पनि परिवारसहित पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । 

“बाढीले घरै बगाएपछि फर्केर कहाँ जानु”, कमलले भन्नुभयोे, “बाढीले नाङ्गेझार बनाए पनि हाम्रो अवस्था बुझ्न अहिलेसम्म कुनै सरकारी निकाय आएको छैन ।” साउन २७ गते मध्यरातमा ज्यान जोगाएर भागेका विन्देश्वर पनि अब कहाँ गएर बस्ने भन्ने पिरलोमा छन् । 

बाढीले घर बगाएको भोलिपल्टै साउन २८ गते हेल्प नेपाल नेटवर्क, काठमाडाँैको सहयोगमा तथा स्थानीय धर्मीहल्फा महिला विकास क्लबको संयोजनमा वितरण गरिएको त्रिपालको टहरो ठड्याएर अहिलेसम्म गुजारा गर्दै आएका उनीहरुले बाढीपीडितका लागि सरकारले ठाउँ ठाउँमा राहत वितरण गरिरहेको सुनिए पनि आफूहरुसम्म सरकारी निकायबाट हालसम्म कुनै राहत आइनपुगेको गुनासो गरेका छन् । 

ती बस्तीका पीडितको अवस्था बुझ्न र उनीहरुका बालबालिकाका लागि टुथपेष्ट, ब्रस र साबुन लगायतका राहत सामग्री लिएर बिहीबार दोस्रोपल्ट पुगेका धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष इञ्जिनियर सूर्यनारायण यादव तथा सञ्चारकर्मीलाई पीडा सुनाउँदै बाढीपीडितले एकै स्वरमा भने, “आजसम्म हाम्रो अवस्था बुझ्न कुनै सरकारी निकाय आएका छैनन्, कृपया हाम्रो पीडा प्रशासन र सरकारसँग पु¥याई दिनोस् हजुर !” 

स्थानीय लखन सदाले आपूmहरुलाई व्यवस्थित आवासको व्यवस्था मिलाई दिन आग्रह गर्दै भने, “वर्षेनी बाढीले पीडित बन्ने गरेका छौँ, अभैm कति भोगिरहनु ?” 

उनीहरुले वडा सचिव महेश यादवलाई साउन २८ गते नै नाम र क्षति विवरण टिपाई सकेपनि हालसम्म कुनै राहत पाउन नसकेको गुनासो गरे । अचम्मको कुरो के छ भने बाढीपीडित सूचीमा हालसम्म उनीहरुको नाम पनि परेको छैन । 

राहत पाउनेको सूचीमा आ–आफ्नो मान्छेको नाम लेखाउने विभिन्न प्रभावित क्षेत्रमा होडबाजी नै चलेपनि कतिपय प्रभावित क्षेत्रका वास्तविक पीडितसम्म अभैm राहत पुग्न नसक्नु दुःखद भएको धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष यादवको भनाइ छ । रासस 

(फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित