Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खाद्य सुरक्षा बैठक

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भदौ ९, सप्तरी। बाढी प्रभावितलाई खाद्य संकट हुन नदिने उद्देश्यले जिल्ला खाद्य सुरक्षा सञ्जालको आज आकस्मिक बैठक राजविराजमा बसेको छ ।&nbsp;<br></p><p>बैैठकमा जिल्लामा खाद्य सुरक्षा र त्यसको अवस्था, विशेषण र खाद्य समस्या तथा समाधानबारे छलफल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेको अध्यक्षतमा बसेको सो बैठकमा बाढीपीडितलाई खाद्य संकट हुन नदिन जोड दिएको थियो ।&nbsp;</p><p>सो अवसरमा प्रजिअ पाण्डेले बाढीपीडितलाई राहत वितरणको काम सरकारी तथा गैरसरकारी क्षेत्रबाट भइरहेको र आवश्यक तथ्यांक संकलन समेत भइरहेको जानकारी दिनुभयो । बैठककमा वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादव, सिँचाइ डिभिजन प्रमुख अशोक साह, डब्लु एफपिका क्षेत्रीय संयोजक लक्षमीप्रसाद चौधरी, जिल्ला संयोजक उमेशप्रसाद उपाध्याय, कृषि विकास विभागका वरिष्ठ कृषि बजार विज्ञ कृष्णप्रसाद पाण्डेलगायतले खाद्य सुरक्षाका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस&nbsp;</p>