Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तीन जिल्ला हेर्ने गरी प्राधिकरणको कार्यालय गुल्मीमा स्थापित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ९, गुल्मी । सदरमुकाम तम्घासमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण निर्देशन समितिको दशौँ बैठकको निर्णयानुसार पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीमा कार्यालय स्थापना गरिएको हो । नेपाल सरकार सचिवस्तरको निर्णयानुसार कार्यालयको दैनिक कार्य संचालन गर्न आर्थिक एवं प्रशासनिक अधिकारसहित इ रामआशिष दासलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरी पठाइएको प्रजिअ कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

प्राधिकरणको पाँचवर्षे अवधिमध्ये बाँकी तीन वर्षका अवधिमा प्राधिकरणबाट तीन जिल्लामा संचालित केन्द्रीय आयोजना, संस्कृति पर्यटन, संघीय मामिला, शहरी विकास, शिक्षा, स्वास्थ्यलगायत कार्यालयमा संचालित योजनाको अनुगमन, मूल्यांकन र समन्वय गरिने इ दासले बताउनुभयो । उपसचिवस्तरको दरबन्दी रहेको उक्त प्रधिकरणमा हाल इन्जिनियर सहित १६ कर्मचारी रहने व्यवस्था छ ।

भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेका घरमध्ये पाल्पामा चार हजार ६५२, अर्घाखाँचीमा एक हजार ३६ र गुल्मीमा चार हजार १४४ रहेको प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । रासस