३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा एक जना पक्राउ

१७ जेष्ठ २०८२, शुक्रबार १२:५५

काठमाडौँ । अमेरिकामा सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा मिन गुरुङ पक्राउ परेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली मूलका मिन गुरुङ सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने, र मानहानी गर्ने कार्यमा संलग्न भएको आरोपमा मे २१ मा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (ICE) द्वारा पक्राउ परेका छन्।

हाल गुरुङ पश्चिम भर्जिनियाको हन्टिङ्टनस्थित हिरासत केन्द्रमा रहेका छन्। उनी टिकटकलगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा लामो समयदेखि सक्रिय थिए।

गुरुङले आफ्ना भिडियोहरूमा नेपाली र भुटानी समुदायप्रति लक्षित गर्दै आपत्तिजनक शब्दहरू प्रयोग गरेको, गालीगलौज तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लागेको छ। यस प्रकारका सामग्रीले सामाजिक सद्भावमा नकारात्मक असर पारिरहेको भन्दै दुवै समुदायका व्यक्तिहरूले विरोध जनाएका थिए।

उनीविरुद्ध आप्रवासन अदालतमा मुद्दा अघि बढाउने, प्रक्रिया हाल प्रारम्भिक चरणमा रहेको बताइएको छ। यसबीच, टिकटकमा गुरुङको गिरफ्तारीसम्बन्धी समाचार फैलिएपछि धेरै प्रयोगकर्ताहरूले यस विषयमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन