पूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो ।&n"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रजिअको पहलमा ‘सफा ओखलढुंगा’ अभियान सुरु

१० भाद्र २०७४, शनिबार ०३:३८


पूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुक्रबार जिल्ला प्रशासन कार्यालय वरपर सरसफाई गरेर अभियान सुरु गर्दै सबै जिल्लाबासीलाई सरसफाईमा जुट्न आग्रह गर्नुभयो । सरकारी कार्यालयहरुलाई हरेक शुक्रबार अभियानात्मक रुपमा कम्तीमा १५ मिनेट समय दिएर आफु वरपरको वातावरण सरसफाई गर्न प्रजिअ पन्तले निर्देशन दिनुभएको छ । 

‘सबैले आफु बस्ने ठाँउ आफैं सफा गरे सफा र स्वच्छ समाज आफैं बन्छ’प्रजिअ पन्तले भन्नुभयो ‘नियमीत सरसफाई त हुन्छ नै त्यसको अलवा अभियानका रुपमा गरिने सरसफाईले सकारात्मक सन्देश प्रवाह हुन्छ र सभ्य समाज निर्माणमा टेवा पुग्छ ।’

स्थानीयबासी र भाडामा बस्नेहरुले पनि आफ्नो घरबाट निस्किएको फोहोर व्यवस्थापन गर्न ध्यान दिनुपर्ने भन्दै प्रजिअ पन्तले जथाभावि फोहोर नगर्न आग्रह गर्नुभएको छ ।  फोहोरको उचित व्यवस्थापन गर्न र सफा नगर बनाउने कार्यमा जुट्न प्रजिअ पन्तले सिद्धिचरण नगरपालिका र स्थानीय तथा व्यवसायीहरुलाई निर्देशन दिईसक्नु भएको छ ।


यस अघिपनि सफा र स्वच्छ सिद्धिचरण नगर बनाउन सरसफाई विशेष अभियान सञ्चालन गरिएको भएपनि त्यसले निरञ्तरता नपाउँदा बजारक्षेत्र अहिले पनि दुर्गन्धीत छ ।  व्यवसायी र स्थानीयबासीको सरसफाई सम्बन्धि आनिबानीमा सुधार नभएकाले प्रशासनले यस अघि सुरु गरेको अभियानले पूर्णता पाउन नसकेको बताईएको थियो । 

सिद्धिचरण नगरपालिकाले जथाभावि निर्माण सामाग्री राख्ने,पार्कीङ गर्ने र फोहोर थुपार्र्नेलाई कारबाही गर्ने चेतावनी दिएको भएपनि त्यो कार्यन्वयनमा आउन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप