३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

१८ जेष्ठ २०८२, शनिबार १६:५४

काठमाडौँ । बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुश्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ । हाल जिल्लाका बजारमा यही क्षेत्रको अधिकांश केरा आउने गरेको बताइन्छ ।

नगरपालिकाले कुश्मिसेरा क्षेत्रलाई केराको हब बनाउने उद्देश्यसहित बाँझो जग्गा उपयोगको नीति लिएको छ । त्यसका लागि चालु आर्थिक वर्षमा ‘सेरा जाउँ, केरा खाउँ’ नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । उक्त कार्यक्रममार्फत रु १२ लाख लागतमा १४० रोपनी जग्गामा तीन हजार पाँच सय केराका बिरुवा लगाउने लक्ष्य छ । सोअनुसार ७० प्रतिशत प्रगति भइसकेको वडा नं १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

हाल वडा नं १ कुश्मिसेराको १४० रोपनी जग्गामा केराखेती विस्तारको काम भइरहेको छ । कुश्मिसेरामा उत्पादन हुँदै आएका स्थानीय जातको केरालाई नगरपालिकाले केरा पकेट क्षेत्रको रूपमा विकास गरेको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

कुश्मिसेराको फलाटे, भडारे र बिनामारेको केही स्थानमा धमाधम केराखेती विस्तार भइरहेको छ । वडाध्यक्ष आचार्यले भन्नुभयो,“पछिल्लो समय केराबाट यहाँका किसानले लाभ उठाउँदै आएका छन् । नगरपालिकाले यसमा प्रोत्साहन गर्दा बाँझो जग्गा सदुपयोग भएको छ । आगमी दिनमा केरा विस्तारको कार्यक्रम निरन्तर सञ्चालन गरिने छ । धेरै मेहिनत गर्न नपर्ने तर नगद आम्दानी हुने भएकाले पनि यहाँका किसान यसतर्फ आकर्षित भइरहेका छन् । आर्थिक उपार्जन पनि राम्रै छ ।”

स्थानीय मतिप्रसाद शर्माले यहाँ किसानले केराखेतीबाट वार्षिक लाखाँै रकम भित्र्याउँदै आएको बताउनुभयो । काँचो केरालाई होलसेलमा प्रतिदर्जन रु ७० मा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । पाँच रोपनी जग्गामा केराखेती गर्दै आउनुभएका शर्माले केरा पकटे क्षेत्र विस्तारअन्तर्गत तीन रोपनी जग्गामा केराखेती विस्तार गरिएको बताउनुभयो । “फलाटे कृषक समूहअन्तर्गत अन्य किसानलाई केरा विस्तारमा सघाउँदै आएको छु । रु १२ लाख बजेटबाट बिरुवा खरिद, खाल्टो खन्न र बिरुवा लगाउन ५० प्रतिशत सुविधा किसानलाई दिइएको छ । एउटा खाल्टो तयार गर्न रु एक सय ५०, बिरुवा खरिद गर्न रु ३० र रोप्न रु ३० निर्धारण गरिएको छ”, शर्माले भन्नुभयो ।

यस्तै, सिँचाइ पूर्वाधारका लागि फलाटे कृषि समूहले ८५ प्रतिशत अनुदानमा सिँचाइको व्यवस्था मिलाएको छ । स्थानीय जातको केराखेती विस्तार र सिँचाइ पूर्वाधारमा नगरपालिकाको रु १२ लाख लगानी भए पनि किसानको श्रमदान जोड्दा रु १८ लाख पुगेको नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । फलाटे, भडारा र साना किसान समूहमा विमानमारे एक सय ४० रोपनी क्षेत्रफलमा बाँझो जग्गा सदुपयोग गरेर केराखेती विस्तार भइरहेको उहाँले बताउनुभयो ।

“केराखेती विस्तार गर्नेमा पहिलो चरणमा ५० भन्दा बढी किसान रहेका छन् । भाडारा, फलाटे, बिनामारे, वडारे, टार, टुनीवोट, खौरीकेस, मिरिघार र खौलालगायत गाउँमा खेराखेती विस्तार गरिएको छ”, सापकोटाले भन्नुभयो,“समुन्द्री सतहबाट छ सय मिटर मात्रै उचाइ रहेकाले जैमिनीघाट र कुश्मीसेरामा केराखेतीका लागि उपयुक्त हावापानी छ । वडा नं १ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केराखेती गरेका छन् ।”

यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केराको व्यावसायिक उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली