2026-11-02 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटकीय गाउँ धम्पुसमा पक्की सडक

काठमाडौं ।   कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस कालोपत्र सडक सञ्जालले जोडिने भएको छ ।
मध्यपहाडी राजमार्गको हेमजा घट्टेखोलादेखी धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सडक स्तरोन्नतिको कार्य सुरु भएको हो । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामिण सम्पर्क सुधार परियोजना (आरसिआइपी) को रु ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गरी पक्की बनाउन सुरु गरिएको हो ।
आरसिआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले हाल खानी गाउँदेखी सडक स्तरोन्नति काम सुरु गरिएको उहाँले बताउनुभयो ।
माछापुच्छ्रे–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बन्ने भएकाले धम्पुसका सबै १० वटा टोल लाभान्वित हुने बताउनुभयो । उहाँले माछापुच्छ्रे–८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सीमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट दुई किमी निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुने बताउनुभयो ।
वडाध्यक्ष भण्डारीले भन्नुभयो, “यस सडक बनाउनका लागि धेरै पहल भयो । यसै क्षेत्रका प्रदेशसभा सदस्य गण्डकीका तत्कालीन अर्थमन्त्री रामजी बरालको समयमा यसले मूर्तरुप लिएको हो । गाउँपालिका, धम्पुसवासीको निरन्तरको मेहिनत सफल भएको छ । सडक निर्माणसँगै धम्पुसको मुहार फेरिने छ ।
निर्माण कम्पनीका नरेन्द्र बाँस्तोलाले एक महिनादेखि सडक निर्माण सुरु भएको बताउनुभयो । ठेक्का सम्झौताभित्र नै बाटो निर्माण गरिने उहाँको भनाइ छ । खानीगाउँ र घट्टेखोला दुवै तर्फबाट बाटो निर्माण गर्ने भएकाले तोकिएको म्यादभित्रमा पूरा हुने उहाँको विश्वास छ ।
घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको विसं २०६१ मा ट्रयाक खुलेको हो । पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माण कार्य सुरु भएसँगै स्थानीय समेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्व प्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्धार समेत हो ।
धम्पुसबाट दर्जनौँ हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको गुरुङ संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउनका लागि पर्यटक धम्पुस पुग्ने गरेका छन् । पर्यटक आगमन वढेसँगै यहाँ सुविधासम्पन्न होटल तथा लजहरु  खुलिसकेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द