२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटकीय गाउँ धम्पुसमा पक्की सडक

२०८२, २० जेष्ठ सोमबार ११:०२
काठमाडौं ।   कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस कालोपत्र सडक सञ्जालले जोडिने भएको छ ।
मध्यपहाडी राजमार्गको हेमजा घट्टेखोलादेखी धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सडक स्तरोन्नतिको कार्य सुरु भएको हो । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामिण सम्पर्क सुधार परियोजना (आरसिआइपी) को रु ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गरी पक्की बनाउन सुरु गरिएको हो ।
आरसिआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले हाल खानी गाउँदेखी सडक स्तरोन्नति काम सुरु गरिएको उहाँले बताउनुभयो ।
माछापुच्छ्रे–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बन्ने भएकाले धम्पुसका सबै १० वटा टोल लाभान्वित हुने बताउनुभयो । उहाँले माछापुच्छ्रे–८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सीमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट दुई किमी निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुने बताउनुभयो ।
वडाध्यक्ष भण्डारीले भन्नुभयो, “यस सडक बनाउनका लागि धेरै पहल भयो । यसै क्षेत्रका प्रदेशसभा सदस्य गण्डकीका तत्कालीन अर्थमन्त्री रामजी बरालको समयमा यसले मूर्तरुप लिएको हो । गाउँपालिका, धम्पुसवासीको निरन्तरको मेहिनत सफल भएको छ । सडक निर्माणसँगै धम्पुसको मुहार फेरिने छ ।
निर्माण कम्पनीका नरेन्द्र बाँस्तोलाले एक महिनादेखि सडक निर्माण सुरु भएको बताउनुभयो । ठेक्का सम्झौताभित्र नै बाटो निर्माण गरिने उहाँको भनाइ छ । खानीगाउँ र घट्टेखोला दुवै तर्फबाट बाटो निर्माण गर्ने भएकाले तोकिएको म्यादभित्रमा पूरा हुने उहाँको विश्वास छ ।
घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको विसं २०६१ मा ट्रयाक खुलेको हो । पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माण कार्य सुरु भएसँगै स्थानीय समेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्व प्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्धार समेत हो ।
धम्पुसबाट दर्जनौँ हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको गुरुङ संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउनका लागि पर्यटक धम्पुस पुग्ने गरेका छन् । पर्यटक आगमन वढेसँगै यहाँ सुविधासम्पन्न होटल तथा लजहरु  खुलिसकेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ