सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र है"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र है"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

‘कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो’- घिमिरे

११ भाद्र २०७४, आईतवार ०४:०७

सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र हैन नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्नमै बितेको छ । 

नेपाली महिलाहरुको महान पर्व तीजको दर खान क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट संकलन गरिएको रकमबाट उनीहरुले तराईको बाढिपीडितलाई मलम लगाउने काम गरेका छन् । तीजको अन्तिम ऋषी पन्चमीको दिन उनीहरुले रौतहटको परोहा नगरपालिका–१ मा रहेका जिगडिया बस्तिका दुईसय जना लाई कपडा सहितको खाध्यान्न बितरण गरेका छन्  । निराहार ब्रत बसेर महोदबको पुजा आजा र आराधना गरेमा ठुलो पुण्य मिल्ने धार्मीक बिश्वास बिपरित उनीहरु तीजको दर खाने दिन देखि ऋषी पन्चमीको दिन सम्म बाढिपीडितको घर आगनमा राहत बितरण गर्नमै समय बिताएका छन । उनीहरु भन्छन 'कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो' त्यसैले यसपटक राहत संकलन गर्दा गर्दै तीज पर्ब आयो यही मौकामा हामीले रौतहट र सप्तरीका बाढिपीडित लाई राहत बितरण गरेका छौं । 


उनीहरुले सप्तरीको सिसवामा रहेका अठार दलित घर परिवारलाई खाद्यान्न, यस्तै घोड़घासमा बाडीले बगाएको १५ घर परिवारलाई पाच हजार पाँच रुपैया आर्थिक सहयोग समेत गरेका छन् । 

यस्तै रौतहटको परोहा नगरपालिका–९ जिगडवाका बाढि पीडित २० घर परिबार लाई एक महिना पुग्ने गरी नेपाल बिद्यार्थी संघ म्याग्दीले पाँच लाख पचहतर हजार बराबरको खाध्यान्न, दाल चामल, नुन तेल त्रिपाल, ओड्ने ओछ्याउने, लगायतका सामग्री हस्तान्तरण गरेका छन् । म्याग्दीका बिद्यार्थीहरुले खाजा खर्च कटाएर रौतहटका बाढिपीडित लागि राहत संकलन गरेर बितरण गरिएको नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रिले बताउनु भयो । उहाले पुर्नअबस्थामा नआउन्जुले सम्म थोरै सहयोगले पनि ठुलो काम गर्न भएकाले यो सहयोग बाढिपीडित लाई गरिएको बताउनु भयो । भुईचालोले घरबार बिहीन बनेका पहाडका पीडित लाई तराई बाट समेत राहत पुगेको थियो भने यस पटक तराईको बाढि पीडित लाई पहाड बाट समेत राहत आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो