सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र है"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र है"/>
2026-09-12 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

‘कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो’- घिमिरे

सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र हैन नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्नमै बितेको छ । 

नेपाली महिलाहरुको महान पर्व तीजको दर खान क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट संकलन गरिएको रकमबाट उनीहरुले तराईको बाढिपीडितलाई मलम लगाउने काम गरेका छन् । तीजको अन्तिम ऋषी पन्चमीको दिन उनीहरुले रौतहटको परोहा नगरपालिका–१ मा रहेका जिगडिया बस्तिका दुईसय जना लाई कपडा सहितको खाध्यान्न बितरण गरेका छन्  । निराहार ब्रत बसेर महोदबको पुजा आजा र आराधना गरेमा ठुलो पुण्य मिल्ने धार्मीक बिश्वास बिपरित उनीहरु तीजको दर खाने दिन देखि ऋषी पन्चमीको दिन सम्म बाढिपीडितको घर आगनमा राहत बितरण गर्नमै समय बिताएका छन । उनीहरु भन्छन ‘कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो’ त्यसैले यसपटक राहत संकलन गर्दा गर्दै तीज पर्ब आयो यही मौकामा हामीले रौतहट र सप्तरीका बाढिपीडित लाई राहत बितरण गरेका छौं । 

उनीहरुले सप्तरीको सिसवामा रहेका अठार दलित घर परिवारलाई खाद्यान्न, यस्तै घोड़घासमा बाडीले बगाएको १५ घर परिवारलाई पाच हजार पाँच रुपैया आर्थिक सहयोग समेत गरेका छन् । 

यस्तै रौतहटको परोहा नगरपालिका–९ जिगडवाका बाढि पीडित २० घर परिबार लाई एक महिना पुग्ने गरी नेपाल बिद्यार्थी संघ म्याग्दीले पाँच लाख पचहतर हजार बराबरको खाध्यान्न, दाल चामल, नुन तेल त्रिपाल, ओड्ने ओछ्याउने, लगायतका सामग्री हस्तान्तरण गरेका छन् । म्याग्दीका बिद्यार्थीहरुले खाजा खर्च कटाएर रौतहटका बाढिपीडित लागि राहत संकलन गरेर बितरण गरिएको नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रिले बताउनु भयो । उहाले पुर्नअबस्थामा नआउन्जुले सम्म थोरै सहयोगले पनि ठुलो काम गर्न भएकाले यो सहयोग बाढिपीडित लाई गरिएको बताउनु भयो । भुईचालोले घरबार बिहीन बनेका पहाडका पीडित लाई तराई बाट समेत राहत पुगेको थियो भने यस पटक तराईको बाढि पीडित लाई पहाड बाट समेत राहत आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा