२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फरार कसुरदारहरु पक्राउ

२४ जेष्ठ २०८२, शुक्रबार १३:४३

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका आठ जनामध्ये बैङ्किङ कसुरका चार, चेक अनादर तीन र कुटपिट एकजना रहेका छन् ।

पक्राउ परेका आठजना कसुरदारको २४ दिन कैद भुक्तान बाँकी रहेको छभने रु एक करोड ६१ लाख आठ हजार ४४२ जरिवाना असुल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बैङ्किङ कसुरमा पक्राउ पर्नेमा भीमबहादुर विश्वकर्माको २३ दिन कैद भुक्तान र रु ८० लाख जरिवाना रहेको छ ।

त्यसैगरी बैङ्किङ कसुरमै कमला केसीको रु ७९ लाख ८८ हजार, बैङ्किङ कसुरमै बत्ती विकको रु एक लाख र एक दिन कैद भुक्तान, बैङ्किङ कसुरमै शिवलाल लम्सालको रु १६ हजार ७५०, चेक अनादरमा झवनाथ भण्डारीको रु दुई हजार, चेक अनादरमै अमराज गुरुङको रु एक हजार, चेक अनादरमै गङ्गामाया गुरुङसेनीको रु ५८२ असुली गर्न बाँकी रहेको छ ।

त्यसैगरी कुटपिटमा ढालबहादुर सुनारको रु ११० असुली हुन बाँकी रहेको सूचना अधिकारी चौधरीले बताउनुभयो । जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने कार्यका लागि जिल्लाबाट प्रहरी खटिएर पक्राउ गरेको हो । न्यायिक कारबाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चिततामा जोड दिएको उहाँले बताउनुभयो ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेको मुद्दापश्चात् फरार रहेका कसुरदारलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जरिवाना तथा कैद भुक्तानका लागि उपस्थित गराएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली