२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

सभापति देउवाद्वारा ‘मैथिली भवन’ उद्घाटन

२४ जेष्ठ २०८२, शुक्रबार १७:०५
काठमाडौं ।  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
जनकपुरधाम–८ स्थित मैथिली विकास कोषले निर्माण गरेको नवनिर्मित मैथिली भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले गर्दै जनकपुरधामले नेपाल–भारतबीचको सम्बन्ध बढाउन पनि यसले भूमिका खेलेको उल्लेख गर्नुभयो ।
मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको रु सात करोड ५० लाखमा निर्माण भएको उक्त भवन पाँच कठ्ठामा फैलिएको छ । एउटा सभाहलसहित भवनमा ३० वटा कोठा छन् ।
त्यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर हाम्रो सभ्यता तथा संस्कृतिसँग परापूर्वकालदेखि जोडिएको उल्लेख गर्दै यसलाई धार्मिक पर्यटनसँग जोडनुपर्ने आवश्यक्ता औँल्याउनुभयो । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यस संस्थाको उद्देश्य, पहिचान तथा गरिमा बढाउनका लागि मन्त्रालयले लगानी गरेको बताउनुभयो ।
पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले नेपालका सबै जातजाति तथा समूदायलाई आफ्नो धर्म तथा संस्कृतिको पहिचान तथा संरक्षणको अधिकार दिएको स्मरण गर्नुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिलाको गरिमा तथा महत्व बढाउनका लागि सबैको सहयोग आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री  रामसरोज यादव तथा नेपाली कांगे्रस मधेस प्रदेश संसदीय दलका नेता कृष्णायादवलगायतको उपस्थिति थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य