पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १४,राजविराज। सप्तरीको राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा मंगलबार साँझ करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ३२ वर्षीय नन्दकिसोर यादव रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ । करेसाबारीमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा यादवलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदा लैजाँदै बीच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भैँसीले हान्दा बालिकाको मृत्यु

यसैबीच, सप्तरीको बेल्ही चपेनामा मंगलबार भैँसीले हान्दा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय जगजीवन खंगकी आठ वर्षीया छोरी बुचियाकुमारी खंग रहेको प्रहरीले जनाएको छ ।

बुचिया आफ्नै भैँसी चराउन गाउँदेखि पर चौरमा गएको बेला भैँसीले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस