११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको फालेलुङमा पहिरोको कारण २० दिनदेखि विद्यालय बन्द

१५ भाद्र २०७४, बिहीबार ०८:४४

भदौ १५,पाँचथर। साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । 

साउन २६ गते बिहान गएको पहिरोबाट विद्यालय क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान नसकेका हुन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् । 

पहिरोका कारण ठाउँ–ठाउँमा धाँजा फाटेर घरमा बस्न नहुने भएको र विद्यालय पुग्ने बाटो पनि अवरुद्ध भएकाले विद्यालय जाने स्थिति नभएको उल्लेख गर्दै विद्यालयको अनुगमनमा जानुभएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्रपाण्डे सुवेदीले भन्नुभयो, “बाटो घाटो सबै बगाएको छ, सबैतिर पानीको दलदल छ ।” 

आइतबरबाट विद्यालय सञ्चालन गर्ने प्रयास गरेपनि निरन्तर पानी परेका कारण नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राईले बताउनुभयो । निरन्तरको वर्षासँगैको पहिरोले पाँचथरको फालेलुङ– ३ र १ मा बढी क्षति गरेको थियो । 

अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ । 

पहिरोका कारण फालेलुङ– ३ कै कालिका आधारभूत विद्यालय माङलेवुङ र जनकल्याण आधारभूत विद्यालयलमा समेत एकहप्ता भन्दा बढी पठनपाठन अवरुद्ध भएको फालेलुङ गाउँपालिका वडा– ३ का वडाध्यक्ष वुद्धिमान सावदेन ‘विश्वास’ ले बताउनुभयो । 

बाढी परिहरोका कारण स्थानीय जिमाहास्थित सिद्धदेश्वरी माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत एक बालिकाको निधन भएको थियो भने अर्की सोही कक्षाकी बालिका अझै बेपत्ता भएको सावदेनले बताउनुभयो । 

फालेलुङ–१ को मोतिराम आधारभूत विद्यालयमा माथिबाट भित्तो खसेर केही कक्षा कोठामा क्षति पु¥याएको र हिलिहाङ–६ स्थित लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलका सातवटा कोठा भत्किएका थिए । 

पहिरोका कारण कक्षा कोठा भत्किएपछि एक हप्तासम्म विद्यालय बन्द भएकाले अन्यत्र कक्षाको व्यवस्थापन गरी विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल हरिराज लोवाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह