२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकीको बजेट : लाइसेन्स छपाइ प्रदेशमै, राइड सेयरिङ नियमनमा जोड

२०८२, १ असार आईतवार १८:२०

काठमाडौँ । गण्डकी प्रदेश सरकारले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ प्रदेशमै गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमार्फत सरकार आफैंले लाइसेन्स छपाइ गर्ने व्यवस्था गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्री टकराज गुरुङले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यातायात क्षेत्र सुधारका लागि प्रविधिको अधिकतम प्रयोग गरिने बताए। सवारी साधनको कर विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने प्रणाली निर्माणका लागि आवश्यक बजेट समेत छुट्याइएको बताए।

बजेटमा स्वदेशी प्रविधि र एप्लिकेसनलाई प्राथमिकता दिइएको छ। राइड सेयरिङ र सेल्फ ड्राइभिङ सेवा प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन यी सेवा प्रभावकारी रूपमा नियमन गरिने उल्लेख गरिएको छ।

गण्डकी प्रदेश सरकारले प्रविधिमैत्री र सेवा केन्द्रित यातायात प्रणाली निर्माण गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम अघि बढाउने संकेत बजेटमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ